प्रिय मित्रवर,
बिगतका वर्षहरुमा जस्तै यो वर्ष जनवरी १, २०१७ मा पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ् अंग्रेजी नयाँ वर्षलाई अझै बिशेष बनाऔं। यसले अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।
नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश / स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न नेपाली टोपी रहेको छ । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहेका छौं। अगिल्लो वर्ष विश्वव्यापीरुपमा भएको व्यापक जनसहभागिता र संचार माध्यमहरुबाट पाएको सहयोग यसपटक पनि प्राप्त हुनेछ भन्नेमा हामि पूर्ण बिश्वस्त छौं ।
१ जनवरीका दिन आ-आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाऔं, फोटो खिचौं अनि नेपाली टोपी दिवसको फेसबुकमा अपलोड गरौँ ।
आ-आफ्नो फेसबुक र ट्वीटर जस्ता सामाजिक संजालमा यसैसँग संलग्न फोटाहरुलाई आ-आफ्नो वाल र प्रोफाइल फोटोहरुका रुपमा प्रयोग गरौँ ।
नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ ।
गत बर्ष जस्तै यसपाली पनि १ जनवरी २०१७ का दिन चौंथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्यताका साथ मनाऔं ।
फेसबुक पेज: https://www.facebook.com/nepalitopiday
धन्यवाद
भवदीय
तेश्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस का लागि
डा. लेखनाथ काफ्ले, ताइवान
शंकर बन्जाडे, नेपाल
प्रतिक्रिया