बुधबार, असार ९ २०७८
काठमाडौं ०५:३२
वासिङटन डिसी 19:47

“तिमी”

इनेप्लिज २०७३ पुष १४ गते ११:३३ मा प्रकाशित

ishwarai gautam

तिमी बस्त्र देख्छेउ
म नाङ्गो शारीर
कापेको देख्छु ।

तिमी पेट ढाकेको
छाला देख्छयौ
म भित्रको भोक
जलेको हेर्दछु।

तिमी सम्पन्न हुन्छौ
म दरिद्रताको
पहाड़ चढ्दै छु।

तिमी पबित्रताको
ढोङ्ग रचाउछयौ
म यथार्थ
धरातल रुचाउछु।

तिमी फूलीरहेको
थुङ्गा मात्र टिप्छ्यौ
म त काडै काडै
गोडेर फलाउदै छु ।

प्रतिक्रिया