वरिष्ठ साहित्यकार दीक्षितको निधन

इनेप्लिज २०७३ पुष १४ गते ६:०२ मा प्रकाशित

kamal-mani-dixitकाठमाडौँ, १४ पुस । मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार एवम् पत्रकार कमलमणि दीक्षितको आज बिहान निधन भएको छ ।

नेपाली भाषा–साहित्यमा निरन्तर योगदान पु¥याउँदै आउनुभएका दीक्षितको आज बिहान २ः४५ बजे ८७ वर्षको उमेरमा निधन भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।

पिता केदारमणि आचार्य तथा माता विद्यादेवी दीक्षितका माहिला पुत्रका रुपमा विस १९८६ भदौको कुशेऔँसीका दिन जन्मनुभएको थियो ।

छ दर्जनभन्दा बढी पुस्तकको लेखन तथा सम्पादन गरिसकेको स्व दीक्षितका दुई हजारभन्दा बढी फट्कर कृति प्रकाशित भएका छन् ।

दीक्षितका दुई छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया