आफू भित्र निहित कलालाई कहिले मर्न दिन्न : कलाकार तथा यूवा नृत्य निर्देशक ,नविन कुमार केसी

इनेप्लिज २०७३ पुष १४ गते १:२१ मा प्रकाशित

navin-k-kc-1-copy

कुरा भन्दा काम गर्न ज्यादा रुचाउने धेरै कलाकार मध्ये कै नविन कुमार केसी पनि एक हुन l मुख बेसी चलाउने भन्दा ज्यादा शरीर ,टाउको ,हात ,खुट्टा तथा शरीरको सबै भाग चलाउने नृत्य पेशामा होमिएका कलाकार तथा यूवा नृत्य निर्देशक नवीन कुमार केसी भन्छन ,आफू भित्र निहित कलालाई कहिले मर्न दिन मन लाग्दैन l

केसीले यो कुरा यतिकै भनेका हैनन l हामीले केसीलाई बिदेशमा पनि नेपाल जत्तिकै क्रियाशील हुन सकिन्छ भन्ने सवालको जवाफमा आफू भित्र रहेको कलालाई परदेशमा पनि त्यतिकै जीवित राख्ने प्रयत्नमा छु केसीले भने l

navin-k-kc-3-copy

ज्यादा अन्य बिषयमा भन्दा आफुले जानेको र जुन पेशामा संलग्न छू त्यही पेशामा नै रमाउन मन लाग्ने केसीले बताए l  एउटा कलाकार भएको नाताले र आफू भित्र रहेको प्रतिभा आफुले अन्यलाई सिकाउन र केहि सहयोग गर्न पाए भने त्यो भन्दा ठुलो कुरा र आत्म सन्तुष्ठी केहि हुदैन केसीले भने l जति अरुलाई सिकायो त्यतिनै आफू पनि पूर्ण र खारिदै जाने भएकोले आफू नृत्य सम्बन्धी ज्ञान हासिल गरेकोले यस्मा नै आफू डुबुल्की मार्ने मेरो प्रयास रहेको केसी बताउँदछन l

navin-k-kc-2-copy

यूवा नृत्य निर्देशक केसी बिगत एक दशक देखि नै अमेरिकाको डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका छन l उनि कलाकारको हैशियत बाट भारत ,चीन ,हंगकंग,मलेशिया ,कतार , रसिया ,लण्डन ,जर्मन ,आस्ट्रिया ,स्लोभानिया आदि देशहरु पनि भ्रमण गरेको जानकारी दिए l र ,यतिका देशमा आफू यही कलाकार भएकोले जान पाएकोमा हर्ष ब्यक्त गर्दै आफू उत्प्रेरित भएको बताए l यो पेशालाई चट्ट छोड़न नमिल्ने बताए l

प्रमुख सहायक नृत्य निर्देशकको रुपमा प्रवेश गरि नृत्य निर्देशक बन्न सफल केसीले थुप्रै चलचित्र हरुमा काम गरि सकेका छन l अमेरिकाका अनेकौ राज्यहरुमा आफ्नो नृत्य प्रस्तुति गर्नुको साथै अन्य प्रख्यात कलाकारहरुलाई नृत्य निर्देशन समेत गरेका छन l

navin-k-kc-5-copy

अमेरिकामा समुदायमा हुने तथा बिभिन्न संघ तथा संस्थाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा उनि आफै स्वयं प्रस्तुत गर्छन भने अन्य कलाकारलाई सिकाउने काममा पनि निरन्तर क्रमलाई जारी राखेका छन l

लोक दोहोरी ,आधुनिक देखि पप गीत सम्म को निर्देशन गरि सकेका केसी रंगमंच को दुनियामा पृथक पहिचान बनाउन सफल भएका छन l उनको नृत्य निकै आकर्षित हुन्छ भने उनि ब्यबसायिक नृत्य निर्देशक तथा नृत्यांगना पनि हुन l केसीले नेपालका महानायक राजेश हमाल , बलीवुड की चर्चित नायिका मनिषा कोइराला ,नेपाली चलचित्रका हस्तीहरु सरोज खनाल ,दिलीप रायमाझी ,रमेश उप्रेती , करिश्मा मानन्धर , जल शाह , झरना थापा ,सारंगा श्रेष्ठ आदिलाई समेत नृत्य निर्देशन गरि मंचमा उतारेको समेत केसी बताउँदछन l

navin-k-kc-8

उनि सरल र मृदुभाषी छन l नाई भन्न उनि जान्दैनन l मधुरो स्वर का धनि तथा आफू भलो त जगतै भलो भन्ने सिद्धान्तमा ज्यादा बिश्वास गर्ने बताए l केसी भन्छन ,नाच्नु स्वास्थ को लागि राम्रो हुन्छ l दीर्घजीवी हुने हो भने नृत्य नियमित गरे सबै कुरा तंदुरुस्त हुने हुनाले समुदायमा स्वयं सेवक रुपमा पनि कहिले काही नृत्य सिकाउने गर्छन l

केसी भन्छन ,आगामी जनवरी ५ ,२०१७ देखि प्रत्येक विहिवार साँझ साढ़े छ बजे देखि डीसी महानगर क्षेत्रको दुर्गा मंदिरमा नृत्य सिक्न चाहना राख्नेहरुका लागि नृत्य कक्षाहरु सन्चालन गर्ने जानकारी दिए l

navin-k-kc-9

उक्त नृत्य कक्षाको लागि “सिकौ अनि सिकाअौ” भन्ने नारा सहित आफुले सिकेको कुरालाई अनि लिएको ज्ञानलाई एक अर्कामा बाँडे त्यो कहिले पनि मर्दैन बरु एकबाट अर्कोमा, अर्कोबाट अर्कोमा गर्दै फैलदै जान्छ।

त्यसैले आफुभित्र के छ भनि त्यसको बिर्को खोलौ अनि बाँडौ, गुम्स्याएर राखेमा त्यो आफुभित्रै मर्दछ।त्यसैले केही ” सिकौ अनि सिकाऔ” “ज्ञान लिऔ अनि ज्ञान बाँडौ” भन्ने नारालाई सामाजिक संजाल मार्फ़त उनले ब्यापक प्रचार प्रसार गरेका छन l

navin-k-kc-4

केसी बलीवुड डांस सेंटर को आयोजनामा हुने उक्त कक्षाको लागि चर्चित नृत्यंगना तथा अनेकौ पटक नृत्य प्रस्तुत गरि सकेकी लूना श्रेष्ठको सहयोग तथा साथमा नृत्य सिकाइने केसीले बताए l केसी अमेरिकामा स्थापित भई सकेका छन l र ,यसै अंतरवार्ता मार्फ़त आफुलाई चिन्ने र माया गर्ने सबैलाई धन्यवाद दिदै  नया बर्ष २०१७ को शुभकामना समेत दिएका छन l

navin-k-kc-7

navin-k-kc-10

banner

प्रतिक्रिया