लस एन्जलसमा ल्होछार पर्व संपन्न

इनेप्लिज २०७३ पुष १२ गते ११:५१ मा प्रकाशित

la-3

लस एन्जलस, डिसेम्बर २६, २०१६ बांदर वर्ष पारगरी आगमन हुने चरा वर्षको तमु ल्होछार लस एन्जलसबासी गुरुङ्गहरुले भव्य रूपमा मनाएका छन् ।

नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रममा गुरुङ समुदायका वृद्धहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो । संस्थाको महासचिव प्रकाश गुरुङ्गले सञ्चालन गरेका कार्यक्रमको सभापतित्व लस एन्जलस तमु समाजका अध्यक्ष ज्ञानेन्द्र गुरुङ्गले गरेका थिए l

la-4

प्रमुख अतिथि अबैतानिक वाणिज्य दुत ऋषि ढकाल र लसएन्जल्सका लागि नबनियुक्त पर्यटन दुत रामेश्वर भण्डारी ले ल्होछार नयाँ बर्षको शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

अमेरिकाको यो प्रदेशी भूमिमा स्वच्छ मनका धनी गुरुङ्ग समुदायले आफ्नो सुन्दर कला र संस्कारलाई बचाई राख्न यो कार्यक्रम आयोजना गरिएको भन्दै अरू समुदायलाई पनि खुसी पार्न सक्ने यो प्रिय संस्कृतिलाई यो विदेशी भूमिमा पनि युगौं युग सम्म पनि बचाएर राख्नु अनुरोध गरेका थिए ।

la-9

नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट् बोकेको समूह गुरुङ्ग समाज हो । जसले आफ्नो पहिचानलाई विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्नु सिङ्गो नेपालको लागि गौरव हो भन्दै संस्थाका सल्लाहकार आशा गुरुड र ईश्वर गुरुङ्गले ल्होछारको महत्व बारे प्रकाश पारेका थिए l

नेपालकी प्रख्यात दोहोरी गायिका शिला आलेले मिठो स्वरले दोहोरी गीत द्वारा सबैलाई मनोरन्जन गराएकी थिइनँ l अन्त्यमा सबैलाई धन्यवाद दिदै अध्यक्ष गुरुङले कार्यक्रमको समापन गरेका थिए l

la-7

la-10 la-8 la-6 la-5 la-1 la-2 la-11

प्रतिक्रिया