कविता: बिदेसी म ऱ स्वदेसी मेरो साथी

इनेप्लिज २०७३ पुष ११ गते २३:१० मा प्रकाशित

niranjan_wagle

 

 

 

 

 

 

मेरो प्यारो बालसखा नेपाल को ठुलो बिदेसी नियोगमा काम गर्छ
डलरमा कमाऊछ
डलरमा कारोबार हुने बैंक खातामा उसको तलब जम्मा हुने गर्छ
नेपाली भन्दा अंग्रेजी बड़ी बोल्छ
बिदेशीको अगुवाईमा नेपाल र नेपाली को तथाकथित हितको लागी काम गर्दछ
गरीबी कसरी हटाउने
पिछडिएका जनजातीहरूलाई कसरी अगाडि बढाउने
समाज लाई कसरी उठाउने
ठुला ठुला प्रतिबेदन हरू लेख्ने गर्दछ
५ तारे ठुला होटलमा गोस्ठी आयोजना गर्ने गर्दछ
नेपाली को गरीबी, लाचारी र बिबसता लाई बिदेसमा पुगेर
दाता राष्ट्र हरुले बुझने भाषामा अर्थ्याउने गर्दछ
कसरी नेपालमा डलर भित्रिन सक्छ
टाई र सूट मा
नेपालको कहाली लाग्दो चित्र प्रस्तुत गर्दछ
अनि घुमाउरो तरिकाले
गोरा बाबु साहेबहरू संग डलर को भिक्षा माग्ने गर्दछ कहिले कता कहिले कता बिदेस को सयर गर्दछ
अनि देसको कुना कुनामा गोरा हाकिम सँगै
पजेरोमा कुदछ
परियोजनाहरुको निरीच्छण गर्दछ
अनि हामी जस्ता बिदेसिएका २, ४ जाना साथी हरुलाई
निसाना गर्दै
बिदेसिएर हामीले ठुलो पाप गरे जस्तै
हामीलाई प्रत्येक भेटमा वा बार्तालाप मा ठोसने गर्दछ
३ करोड़ नेपाली अटाउने देसमा तिमि नाथेहरू अटाउंन सकेनौ
उ हामी लाई भन्ने गर्दछ
हामीमा रत्तीभर देस प्रेम नभएको ठोकुवा गर्दछ
उ दौरा सूरवाल लगाऊदैन
मठ मंदिर धाउदैन
पूजा आजा केहि गर्दैन
व्हिस्की, रेड लेबल र ब्लैक लेबल नभई उसका रात सकिदैन
उ ब्रेकफास्ट, लंच र डीनर खान्छ
उसका संतानहरू बिदेसी स्कूलमा पढ़छन
उ गोरा सरहरूसंग क्रिसमस पनि मनाउछ
हामी जो बिदेशमा बसेर पनि दशैं ऱ तिहार मनाउछौ
चाड पर्बमा दौरा सूरवाल लगाउछौ
परदेसमा बसेर पनि भानु जयंती ऱ लक्ष्मि जयन्ती मनाउछौ
आफ्ना संतानलाई नेपाली बोल्न सिकाउछौ
नारायण गोपाल र तारा देवी सबै लाई सुन्ने गर्दछौ
झ्याउरे र लोक गीतमा नाच्ने गर्दछौ
नियमित रूपमा मंदिर जाने गर्दछौ
सकेको पूजा आजा गर्ने गर्दछौ
उ जो नेपाल बसेर पनि बिदेसी जस्तो छ
हामी जो बाहिर बसेर पनि नेपाली हुनुमा गर्ब गर्दछौ
हामीलाई उ बिदेसी भन्छ
हामी जसले आफ्नो परंपरा छोडेका छइनौ
ढाका टोपी लगाउन भुलेका छइनौ
हामीलाई उ बिदेसी भन्छ

[email protected]

प्रतिक्रिया