पामाकेयर नेपाल्स स्टार मोडल २०१६ को ताज अप्सरा थापा र आशीष मिश्रले चुमे

इनेप्लिज २०७३ पुष १० गते १४:०३ मा प्रकाशित

15676113_1289621737727112_7401518132463794259_o

काठमाण्डौ : सिद्दी मिडिया प्रालिको आयोजनामा भएको पामाकेयर नेपाल्स स्टार मोडल २०१६ पहिलो संस्करणको प्रतियोगिताको उपाधी अप्सरा थापा र आशीष कुमार मिश्रले जीतेकां छन।
शनिबार अबेर साँझ राजधानीको नाचघरमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अप्सराले ९ जना प्रतिस्पर्धीलाई र आशीषले ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएका हुन l यसका अलावा युवती तर्फकी बिजेता अप्सराले बेस्ट वाल्क तथा फोटोजेनिकको समेत उपाधि हात परेकी थिइन त्यसैगारी युवा तर्फका बिजेता आशीष कुमार मिश्रले बेस्ट वाल्क र मस्ट हैण्डसमको उपाधि हात पार्न सफल भएका थिए l त्यसै गरी युवती तर्फमा फस्ट रनरअपमा सबनम चौधरी र सेकेण्ड रनरअपमा अनुपमा घिमिरेले उपाधि हात पारेकी थिइन l त्यस्तै युवती तर्फ भएको बिभिन्न उपाधि अन्तर्गत मस्ट पपुलर र मस्ट ट्यालेन्टेड सबनम चैधरी,मस्ट बिउटीफुल जेसिका धिताल, बेस्ट फिगर र मल्टी मिडिया च्वाइस जीविता लामा, बेस्ट डिसिप्लिन सीतल थारू,बेस्ट स्माइल आशा देबि गिरी, बेस्ट ड्रेस योगिता खत्री, बेस्ट हेयर अनुपमा घिमिरे, बेस्ट स्किन सनम बीसी र बेस्ट एटीट्यूडमा सारिका बोगटी घोषित भए l पामाकेयर नेपाल्स स्टार मोडल २०१६ युवा तर्फको विभिन्न विधामा सम्पन्न प्रतिस्पर्धामा फस्ट रनरअपमा र मस्ट पपुलरमा बिक्रान्त पौडेल, सेकेण्ड रनर अपमा र बेस्ट ड्रेसमा पवन श्रेष्ठ, बेस्ट फिजिक सिद्दान्त ज्ञावाली, फोटोजेनिक, मस्ट ट्यालेन्टेड र मल्टी मीडिया च्वाइस मोदनाथ पौडेल, बेस्ट डिसिप्लिन रबिन सापकोटा र बेस्ट स्माइलमा दिवस भट्टराई घोषित भए ।

प्रतियोगीको पहिरन नेपाल इंस्टिच्युट अफ फेशन (निफ)का विधार्थीहरुले तयार गरेका थिए । कार्यक्रमको विभिन्न सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुली सकेका कोरियोग्राफर तथा फेस अफ द इयरका बिजेता दिवश धिताल र देबी अकौलियाले कोरियोग्राफी गरेको थिए । नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई व्यबसायी मोडल बनाउन पामाकेयर नेपाल्स स्टार मोडल आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष अमित शाहले बताए।

यो प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, कोरिग्राफर, मोडल आस्विनी झा, संचारकर्मी कलाकार, समाजसेवी राजेन्द्र लुइँटेल, समाजसेवी कृष्णा देबकोटा र फेसन डिजाइनर अमित झा रहेका थिए । पामाकेयर नेपाल्स स्टार मोडल २०१६ को कार्यक्रम संचालन कोरियोग्राफर दिवस धिताल र कार्यक्रमकी संयोजिका सृस्टि आचार्यले गरेका थिए l

प्रतिक्रिया