राष्ट्रप्रेमले ओतप्रोत अमेरिकावासी नेपाली श्रष्टा हरिहर दाहालको यो गीत

इनेप्लिज २०७३ पुष १० गते ४:३६ मा प्रकाशित

unnamed-20

२२ डिसेम्बर, २०१६, क्यालिफोर्निया ।

मान्छे विदेसिन्छ, फरक यत्ति हो कति रहरले त कति बाध्यताले । आफ्नो जन्मभूमि छाडेर विश्वको जुन कुनामा मान्छे पुगेपनि उसका लागि आफू जन्मेको देश, आफ्नो गाउँघर, घर परिवार तथा साथीभाईको मायाले भने पछ्याईरहेको हुन्छ । कतिले त्यसलाई मनमा नै उकुसमुकुस पारेर राखिरहेका हुन्छन् त कतिले यसलाई विभिन्न माध्यमबाट व्यक्त गरेका हुन्छन् ।

देश दुःखेका बेला निस्किएका कतिपय भावनाहरुले गीत संगीतको रुप समेत लिएको हुन्छ । यस्तै मध्येका एक हुन् अमेरिकाबासी नेपाली श्रष्टा हरिहर दाहाल । जो अमेरिकाको क्यालिफोर्नियास्थित सनिभेल बस्नुहुन्छ । क्यालिफोर्नियास्थित बे एरियामा रहेका नेपालीहरुमाज एकजना निस्वार्थी समाजसेवीका रुपमा परिचित दाहालले पछिल्लो समयमा देशको परिस्थितिबारे गीतमार्फत् सन्देश प्रवाह गर्न खोज्नुभएको छ । एउटा सपूत जन्मिए हुन्थ्यो नामक यो गीत युट्युवमा निक्कै लोकप्रिय हुँदै गएको छ ।

गीतको रचना हरिहर दाहालले गर्नुभएको हो भने यसलाई स्वर दिनुभएको छ थानेश्वर गौतमले । गीतमा पछिल्लो समयमा मुलुकमा फस्टाउँदै गएको लुटतन्त्र प्रति चिन्ता व्यक्त गरिएको छ । ‘देश लुटि खाने कपुतहरु धेरै जन्मिए तर देश बनाउने सपुत कहिल्यै जन्मिएनन’ भन्ने केही आक्रोशित तथा राष्ट्रिय भाव र समर्पणले भरिएका गीतले राष्ट्रप्रेमी नेपाली जनहरुलाई एकपटक भावुक गराउँछ । गीतमा‘एउटा सपुत जन्मे हुँन्थ्यो देश उठाउने, बिभाजीत मनहरु एकठाँउ जुटाउने’ भन्ने भावना पनि पोखिएको छ ।

अमेरिकामा एक सफल व्यवसायीका रुपमा परिचित दाहालको यो राष्ट्रिय गीत हेर्न तलको लिंकमा क्लिक गर्नुहोला :-

प्रतिक्रिया