“तिमी साथमा नभए” गीति एल्बम सार्वजनिक

इनेप्लिज २०७३ पुष ९ गते १०:५७ मा प्रकाशित

timile-wasta

काठमाडौं । दिनानुदिन नेपाली सांगितिक बजारमा नयाँ–नयाँ गीतहरु भित्रिने गरेका छन । यसै क्रममा गायक अर्पण ज्ञानको आधुनिक गीति एल्बम ‘तिमी साथमा नभए’ सार्वजनिक भएको छ । बसन्त फिल्मस् प्रालिको प्रस्तुति रहेको गीति एल्बम “तिमि साथमा नभए” युट्युब मार्फत सार्वजनिक गरिएको हो । नेपाली गीत सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई बढी प्राथमिकता दिइने गरिएको छ । भर्खरै मात्र सार्वजनिक भएको ूतिमि साथमा नभएू एल्बममा पनि माया प्रेमका कुरा समेटिएका छन ।

गीतलाई प्रेमिकाले छोडेर गएका विषय वस्तुलाई शब्दमा सजाउदै तयार पारिएको छ । गीतमा ूतिमी साथमा नभए पछी बाच्ने आधार के रहयो र, तिमीलाई खुशी मिल्छ भने मै मरी दिउला के भयो र जस्ता शब्दहरु सजिएका छन । तिमी साथमा नभए एल्बममा समावेश गरिएको गीत गायक तथा सर्जक शरद पाण्डेको शब्दमा सजिएको छ । प्रदेशमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर लागि रहेका पाण्डेले विभिन्न विधाका ४ दर्जन भन्दा बढी गीतमा शब्द कोरिसकेका छन् । गायक तथा सर्जक पाण्डे फरक–फरक शैलीमा तयार पारेका जादुमय शब्दहरुले दर्शक श्रोताहरुको मन जित्न भएका छन् । चर्चित गायक बसन्त सापकोटाको संगीत रहेको गीतमा नव गायक अर्पण ज्ञानले स्वर दिएका छन् । क्रान्ति केसीको निर्देशन तथा सम्पादन रहेको भिडियोमा बिक्रम, दिपक र क्रिस्टिनाले अभिनय गरेका छन । गीतको भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन । गितलाई बसन्त फिल्मस् प्रालिले बजार व्यवस्थापन गरेको हो ।

प्रतिक्रिया