देशको अस्तित्व रक्षा गर्न प्रखर रुपले जाग्नैपर्ने बेला आयोः पूर्वराजा ज्ञानेन्द्र

इनेप्लिज २०७३ पुष ७ गते ९:३० मा प्रकाशित

gyanendra-shah

काठमाडौं, ६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अस्तित्व रक्षा गर्न आम नेपाली जनता एकजुट भएर जाग्नुपर्ने समय आएको बताएका छन् । भर्खरै चीन भ्रमणबाट स्वदेश फर्किएका शाहले नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको भन्दै दिनानुदिन कमजोर बन्दै गइरहेको राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहारविरुद्ध सम्पूर्ण जनता एकजुट हुनुपर्ने बताए । ‘सबै नेपालीले राष्ट्र बचाउन फेरि एक पटक इतिहासले सुम्पिएको गहन जिम्मेवारी पूरा गर्न र देशको अक्षत अस्तित्व आफ्ना सन्ततिलाई सुम्पिन मूखर र प्रखर रुपले जाग्नै परेको छ र लाग्नै परेको छ,’ संविधान संशोधनलाई दिएर दलहरुबीच ध्रुविकरण बढिरहेका बेला बुधबार साँझ विज्ञप्ति जारी पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्– ‘हामी मरे पनि नेपाल बांचिरहोस् भन्ने संकल्पबाट नै नेपाल र नेपालीको अजेय शक्तिको रक्षा गरौं ।’ नेपालीको मनमा देशभक्तिको भावना नढलेको भन्दै पूर्वराजाले भनेका छन्– ‘समय भड्की सकेपछि पश्चातापले कुनै अर्थ राख्दैन । अहिले नै जागौं ।’ ‘तराई, पहाड र हिमालको एकता तोड्ने प्रयास भयो’ पूर्वराजा शाहले पछिल्लो समय राष्ट्रिय एकता र भावनाको मर्ममाथि निर्मम प्रहार भइरहेको भन्दै नेपालीबीचको सामाजिक सद्भाव मेटाउने र तराई, पहाड र हिमाल माझको एकता तोड्ने प्रयास भइरहेको उल्लेख गरेका छन् ।

राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले बाहृय शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ताहरु हावी भएको बताएका छन् । क्रान्तिकारी, परिर्वतनकारी, बलिदानी जस्ता शब्दको दुरुपयोग गर्दै राष्ट्रलाई कमजोर बनाउने काम भएको भन्दै उनले यो अशोभनीय मात्र नभई असैहृय पनि बनिरहेको बताएका छन् । निषेधको राजनीति र प्रतिशोधको मानसिकताबाट ग्रसित राष्ट्रका आधारहरु बलियो नहुने र इतिहासलाई कलंकित गर्दै निहित स्वार्थ पुरा गर्न गरिएको काम प्रशंशित नहुने भन्दै पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘माटो र मुटुसँग जोडिएको देशभक्तिलाई लान्छित गरेर आधुनिकताको दुहाई दिएर मात्र कथित अग्रगमनको यात्राले कदापि गति दिन सक्दैन ।

’ यस्तो छ पूर्वराजाद्धारा जारी विज्ञप्तिः

प्रतिक्रिया