न्यूयोर्कमा कविता संग्रहको विमोचन तथा विवेचना

इनेप्लिज २०७३ पुष ७ गते ०:१५ मा प्रकाशित
15682926_10211388198811543_1125554120_n
न्यूयोर्क । डिसेम्बर २१, २०१६ बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ), न्यूयोर्क च्याप्टरको आयोजनामा कवयत्री विजया सिम्खडाको पहिलो कविता संग्रह ‘श्याम श्वेत’ गत आईतवार यहाँ आयोजित एक समारोहमा विमोचन गरियो ।
15645761_10211388198451534_824840068_n
 सो कार्यक्रममा कवि राजेन्द्र श्रेष्ठको पहिलो कविता संग्रह ‘आँकुरा’ र कवयत्री शकुन ज्ञवालीको दोश्रो नयाँ कविता संग्रह ‘तिमी र म’ को न्यूयोर्कका साहित्य सर्जकहरु द्वारा विवेचना गरिएको थियो ।
15644358_10211388198211528_210009672_n
 कवयत्री शकुनको ‘तिमी र म’ गत कार्तिक १२ गते पोखरामा विमोचन गरिएको थियो भने कवि राजेन्द्र श्रेष्ठको ‘आँकुरा’ कार्तिक २५ गते काठमाण्डौमा विमोचन गरिएको थियो । कवयत्री शकुन ज्ञवालीको पहिलो कविता संग्रह ‘पालुवा र मन्जरी’ हो ।
15673132_10211388198091525_1132882190_n
 न्यूयोर्कका वाणिज्यदूत एवं कवि कृसु क्षेत्रीको प्रमुख आतिथ्य र अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष एवं कविता संग्रह ‘आँकुरा’ का कवि राजेन्द्र श्रेष्ठको सभापतित्वमा न्यूयोर्कको ज्याक्शन हाईट्समा सम्पन्न सो कार्यक्रममा संचारकर्मी शैलेश श्रेष्ठले विजया सिम्खडाको ‘श्याम श्वेत’ का बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । यसैगरी कवि राजेन्द्र श्रेष्ठको ‘आँकुरा’ को वारेमा साहित्यकार ज्योति पौडेलले र शकुन ज्ञवालीको ‘तिमी र म’ को बारेमा साहित्यकार गीता खत्रीले विवेचना गर्नु भएको थियो ।
 साहित्यकारद्वय मणी बांग्देल र लक्ष्मी श्रेष्ठले संयुक्त रुपमा उद्घोषण गर्नु भएको सो कार्यक्रममा न्यूयोर्क तथा वरपरका साहित्यानुरागी नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको थियो । 
 उक्त कार्यक्रम रेडियो हिमालयले प्रत्यक्ष प्रसारण गरी संसारका सबै कुनामा रहेका नेपाली समुदाय माझ पुर्याउन सहयोग गरेको थियो ।
(फोटो: बद्री पौडेल)

प्रतिक्रिया