“भरोशा”कबिता

इनेप्लिज २०७३ पुष ६ गते १०:५४ मा प्रकाशित

ishwari gautam

माया र आस्थाको
झिल्का झिल्कीको
रंग खोज्दै
तिम्रो समीप पुगे
तर तिमी त निभिसकेछौ ।

अकाशको जून र
धर्ति को फूल चुम्न खोजे
तर
तिमी क्षितिज पारी
अस्ताइसकेछौ ।

मन देखि पर पर खोजे
तर
तिमी पवन बाट पनि
बिलाइसकेछौ ।

मनको आत्मा बाट खोजे
तर
गोधुली को साझमा
धुलो भै उडी सकेछौ
तर पनि म
तिम्रै भरोशा मा बाचिरहेछु बाचिरहेछु ।

प्रतिक्रिया