बिनु हत्या आरोपीलाई कारागार चलान

इनेप्लिज २०७३ पुष ६ गते ६:५९ मा प्रकाशित

jail-650x250पाल्पा, ६ पुस । स्थानीय हेक्लाङ्ग गाविस– ६, की बिनु पुलामीको हत्याका आरोपितलार्ई पाल्पा जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

थुनछेक बहसपछि जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीको इजलासले सो मुद्दाका आरोपी पुलामीका श्रीमान् दीपेन्द्र बस्याल, ससुरा लक्ष्मण बस्याल र सासु पार्वती बस्याललाई मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

बहसमा जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले तिनै जनालाई ज्यान सम्बन्धी महलको १३ ९३० बमोजिम सजाय हुनुपर्ने माग गर्नुभएको थियो । प्रहरीले २४ औँ दिनसम्मको अनुसन्धान पछि अदालतमा सो मुद्दा दायर गरेको थियो ।

तानसेनस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत २४ वर्षीया बिनुको ताहुँ गाविस– ७ का दीपेन्द्रसँग २०६९ सालमा अन्र्तजातीय विवाह भएको थियो । दसैँदेखि बेपत्ता उहाँको शव गत कात्तिक ४ गते हुँगी गाविस– २ अस्दीमा फेला परेको थियो ।

बिनुको हत्या गरिएको उहाँका बुबा नरेन्द्रले प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो । दीपेन्द्रलाई काठमाडौँको सिनामङ्गल, बुबा लक्ष्मणलाई पाल्पाको सिद्धबाबा तथा आमा पार्वतीलाई तानसेन–८ भगवतीटोलस्थित घरबाट प्रहरीले पक्राउ गरिएको थियो ।

प्रतिक्रिया