युएई मा हुने नेफ्टा फिल्म अवार्र्डको सम्पुर्ण तयारी पुरा कलाकारहरुको आगमन सुरु

इनेप्लिज २०७३ पुष ६ गते ०:३७ मा प्रकाशित

15578738_1314111175276163_2087721260940431768_n

निमकान्त पाण्डे, ५ पुष,दुबई । नेपाली चलचित्र प्रविधि सङ्घको आयोजनामा आउदो सुक्रबार अर्थात डिसेम्बर २३ तारिक दुबईको अल नासरमा हुने नेफ्टा फिल्म अवार्र्डको अन्तिम चरणको तयारी पुरा भए सगै कलाकारहरुको आगमन सुरु भएको छ।

नेपाली चलचित्रमा क्षमतावान कुसल अभिनय र गुणस्तरीय २०७२ सालमा बनेका चलचित्रलाई दर्शक सामु ल्याउन सफल १२० भन्दा धेरै अहिलेका चर्चित कलाकारहरु दुबई आउने भएका छन।

नेफ्टा अवार्डका लागि राष्ट्रिय नाचघर काठमाण्डौमा स्टेज कार्यक्रमका लागि राजेश हमाल, करिश्मा मानन्धर, छुल्ठिम गुरुङ,सलोन बस्नेत,अनुप्बिक्रम शाही,पुजा शर्मा,माला लिम्बु लगाएतका थुप्रै कलाकारहरुको तीब्र रिहर्सल भैरहेको र उनीहरुले स्टेज प्रस्तुति दिने जानकारी पाप्त भएको छ ।

नेपाली चलचित्र यूएई भित्र प्रदर्शन हुदै गर्दा नेफ्टा फिल्म अवार्र्डको नवौं संस्करणका लागि दुबईमा कार्यक्रम तय हुदै गर्दा यसले नेपाली चलचित्र जगतलाई नया सिर्जना गर्न आत्मबल प्रदान गर्दै नेपाली काल र पर्यटनलाई समेत अन्य देशका सामु परिचित बनाउने एउटा माध्याम बन्न सक्नेछ।

आउदो सुक्रबार साझ ७:३० देखि ४ घण्टा सम्म चल्ने कार्यक्रम मा युएईलाई कर्मथलो बनाएर बस्ने नेपाली दाजुभाई तथा दिदी बैनिहरुको मनोरंजनको एउटा सुवर्ण अबसर भएको हुदा पुर्ण एक्यबद्धता रहने अपेक्षा आयोजकले गरेको छ। कार्यक्रमलाई भब्य बनाउन युएईको बिभिन्न ठाउहरुबाट आउन जानका लागी यातायातको ब्याबस्था गरिएको छ।

( फोटो – त्रिलोचन कोइराला फेसबुक वालबाट )

15355718_1302079189812695_7796478073474334810_n 15319262_10153894436791106_17633647943318135_n

प्रतिक्रिया