पर्यटन बिकाशका लागि म्यूजिक भिडियो सार्बजनिक गायक आङ गेलु शेर्पा(भिडियो सहित)

इनेप्लिज २०७३ पुष ५ गते ९:२३ मा प्रकाशित

15585250_1213382835414752_5182998407033792396_o

काठमाण्डौ : गायक आङ गेलु शेर्पाको पछिल्लो गीतिसंग्रह घर मेरो सोलु नुनथला सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई प्रमुख अतिथि लाक्पा शेर्पाको हातबाट सार्वजनिक गरिएको थियो । संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गायक रोज मोक्तान, निर्देशक एवं संचारकर्मी लाक्पा शेर्पा लगायतको उपस्थिति रहेको थियो । म्यूजिक भिडियो सार्वजनिकपछि बोल्दै प्रमुख अतिथि लाक्पा शेर्पाले आङ गेलु शेर्पासँग संगीतको ज्ञान भएको कुरा आफूले बल्ल थाहा पाएको बताएका थिए । उनले अमेरिकामा छँदा नजिकबाट भेट भए पनि आङ गेलु शेर्पा गीत गाउँछन् भन्ने थाहा थिएन तर उहाँ संगीतका नोटहरुमा पनि राम्रोसँग ज्ञान राख्ने व्यक्ति हुनुहुँदो रहेछ । त्यस्तै म्यूजिक भिडियोका निर्देशक लाक्पा शेर्पा भिजेले म्यूजिक भिडियो निर्माणका क्रममा भएका घटनाहरुलाई बताएका थिए । सोलुको जनजीवन र पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै बनाइएको गीत अनुसार घर मेरो सोलुलाई स्याङबोचेमा गएर छायाँकन गरिएको बताएका थिए । कार्यक्रमलाई समापन गर्दै संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले रेमिट्यान्सले धानेको संगीत क्षेत्रमा आङ गेलु शेर्पा पनि पछिल्लो उदाहरणका रुपमा आएको बताएका थिए ।

ang-gelu-1

उनले आङ गेलु पुराना संगीतकर्मी भए पनि अमेरिकाको बसाईलाई संगीतसँग साट्न पुगेको बताउँदै घर मेरो सोलु अब पर्यटकीय गीतसमेत भएको बताएका थिए । गीतसंगीतका माध्यमले पर्यटनलाई विश्वसामु पु¥याउन सकिने कुरामा घर मेरो सोलु पनि रहेको बैरागीले बताए । म्यूजिक भिडियोमा लाक्पा शेर्पा भीजेको निर्देशन रहेको छ भने सुरज खड्काको सहायक निर्देशन रहेको छ । सरस्वति लामाको कोरियोग्राफ रहेको छ । आङ गेलु शेर्पाको स्वर रहेको उक्त गीतमा रोज मोक्तानको शब्द र संगीत रहेको छ । म्यूजिक भिडियोमा रञ्जिता गुरुङको अभिनय रहेको छ । सोलुको पर्यटकीय दृश्यहरुलाई भिडियोमा कैद गरिएको छ । कार्यक्रममा संगीत कला पत्रकार संघको कल्याणकारी कोष निर्माणका लागि आङ गेलु शेर्पाले नगद राशि १० हजार प्रदान गरेका थिए । गीतसंगीतको क्षेत्रमा क्रियाशील पत्रकारहरुको कल्याणकारी कोष निर्माणमा जुटिरहेको संघलाई गायक शेर्पाले आफ्नो तर्फबाट सहयोग निरन्तर जारी रहने प्रतिबद्धतासहित १० हजार प्रदान गरेको कार्यक्रममा बताइएको थियो ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया