गैंडाको आक्रमणबाट महिलाको मृत्यु

इनेप्लिज २०७३ पुष ४ गते १२:२१ मा प्रकाशित

चितवन, ४ पुस । गैंडाको आक्रमणबाट आज दिउँसो चितवनको रत्ननगरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१७ का ६९ वर्षीया मोतीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई घर नजिक रहेको राप्ती नदीमा भैंसीलाई पानी खुवाउने क्रममा गैंडाले आक्रमण गरेको थियो ।

प्रतिक्रिया