२ वर्षपछि नेपाल फर्कदा – भाग १

इनेप्लिज २०७३ पुष ३ गते २१:३४ मा प्रकाशित

bishwa-ji-800x600

नोवेम्बर १८ (मंगसिर ३) गते शुक्रबार म एटलान्टा, जर्जियाको संसारकै सबभन्दा ठूलो विमानस्थलबाट ‘कतार एयरवेज’ मा ३ हप्ताको छोटो बिदाको लागि आफ्नो मातृभूमि नेपालतर्फ प्रस्थान गरे। स्मरण रहोस, यो विमानस्थलबाट यो वर्षमात्रै १० करोड़ भन्दा बढ़ी यात्रुहरु उडेका वा अवतरण गरेका थिए। त्यों भनेको अमेरिकाको एक तिहाइ जनसंख्या हो। अन्तिमचोटी म नेपाल दिसम्बर २०१४ मा गएको थिए जतिबेला म विद्यार्थी नै थिए। त्यतिबेला म ‘पोर्टलैंड स्टेट यूनिवर्सिटी’ मा एम्.बी.ए. गर्दै थिए। विगत २ वर्षमा मेरो जीवनमा धेरै कुरा परिवर्तन भएको थियो। अहिले म संसारकै दोश्रो ठूलो विमान कंपनी “डेल्टा एयरलाइंस” मा काम गर्छु। यसैबीच म एन.आर. एन अमेरिकाको सदस्य हुनुका साथै साथीहरु र अग्रजहरुसँग मिलेर जार्जिया राज्यमा “एन.आर.एन स्टेट च्याप्टर” पनी खोलियो। त्यस्तै संसारकै एक उत्कृष्ट रोटरी क्लब “रोटरी क्लब अफ डनवुडी” को सदस्य पनी भइयो। त्यही क्लबबाट ६ जाना दलित बालबालिकाहरुलाई नी:शुल्क ८ वर्षसम्म पढाउन ‘छात्रबृति’ कार्यक्रम पनी शुरू गरियो। यी यस्ता धेरै कुरा भएका थिए। नेपालमा भने कस्तो परिवर्तन भएको रहेछ त? आफ्नै आँखाले हेर्न र अनुभव गर्न मन लाग्यो।

विमान र विमानस्थल : दोहा

एटलान्टा, जर्जियाबाट ‘कतार एयरवेज’ले जून १, २०१६ बाट उड़ान सुरु गरेको अहिले पूरा प्याक हुन थालेको रहेछ। ८०% भन्दाबढ़ी यात्रुको गंतब्य दोहा, कतार नभइ अंतै हुन्छ। दोहा त “ट्रांजिट” रहेछ। मेरो उडानमा ७०% भन्दा बढ़ी यात्रु भारतीय थिए। विमान भित्र बस्ने सीट देखि सेवा सबै राम्रो थियो। खाली “वाई-फाई” थिएन र “फिल्म र गाना” कलेक्शन त्यति राम्रो थिएन। करीब १६ घन्टाको उड़ान पछि दोहामा नोवेम्बर १९ मा पुगे। दोहाको “हमाद अन्तराष्ट्रीय विमानस्थल” वर्षेनी ५० करोड़ यात्रु धान्न सक्ने छमताको रहेछ। विमानस्थल नेपाली र बंगलादेशीले गर्दा चालेको रहेछ। जताततै नेपाली र बंगलादेशी भेटिने रहेछ। एटलान्टा, जर्जियाको विमानस्थलभन्दा आधा सानो भएपनि मलाई कामदार दोब्बरभन्दा बढ़ी भएको जस्तो लाग्यो दोहा एयरपोर्टमा। सस्तोमा कामदार भेटेकोले यस्तो भएको हुनुपर्छ। तर, प्रबिधिको प्रयोगको हिसाबले पछि रहेछ। दोहामा साँझ ७ बजे सम्म ३ घंटा जतिको “दोहा टूर” हूंदो रहेछ। १ घंटे अगाडी रजिस्टर गरेपछि “फ्री पास” पाईदो रहेछ। म आधा घंटाले ढिलो भएँ। दोहामा मेरो १९ घन्टाको लामो “ट्रांजिट” थियो। दोहा एयरपोर्टको सबभन्दा राम्रो चीज मलाई सुत्न र आराम गर्न बिशेष “परिवार कोठा” लाग्यो जहाँ हल्ला गर्न पाइदो रहनेछ। ढल्केको कुर्सिमा मज्जाले सुत्न मिलने रहेछ। ड्यूटी फ्री पसलहरुमा मद्यपान र धूम्रपानका सामानहर धेरै सस्तो पाइने रहेछ अरु सामानको तुलनामा। दोहामा भएको एउटा कुरा भन्ना मन लाग्यो। म उदानहरुको तालिका हेर्दै थिए “स्क्रीन” मा। ४०-५० उडानहरूमध्ये एउटै उडानमात्र “ढिलो” भएको देखियो। कुन चाहि उडान रहेछ भनेर यसो हेरेको त “हिमालयन एयर” रहेछ नेपालको। हुँदा हुँदा देश बाहिर समेत, त्यों पनी दोहामा, नेपालीले समयको ख्याल नगरेको देख्दा खिन्न लाग्यो। राष्ट्रको ध्वजावाहकले राष्ट्रकै बेइज्जत गरे जस्तो लाग्यो।

विमान र विमानस्थल : काठमान्डौ (अंतराष्ट्रीय)

दोहाबाट काठमाँडौको उडान पनी लगभग पूरा प्याक थियो। ७०% भन्दाबढ़ी यात्रु नेपाली थिए। करीब ६ घन्टाको उड़ानपछि नोवेम्बर २०, आइतवार प्लेन नेपाल अवतरण गर्यो। २ वर्षमा खासै केहि परिवर्तन भएको देखिन। प्रविधिको प्रयोग जहाँको त्यही रहेछ। सुरक्षा जाँच नाम मात्रको रहेछ। एउटा “स्कैनर” बाट एकै चोटी दुइ जाना मान्छे पसेको समेत देखियो। अमेरिका भन्दा दोहामा जाँच लूज र दोहामा भन्दा नेपालमा जाँच लूज भएको देखियो। त्यत्रो अंतराष्ट्रीय विमानस्थलभरी जम्मा २ वटा मात्रा कन्वेयर बेल्ट रहेछ। लगेजको लागि १ घंटा भन्दा बढ़ी कुर्नु परयो, त्यों पनी चाँडो पो भएछ राति भएकोले । दिउँसो त अझ बढ़ी समय लाग्ने रहेछ भीड़ बढ़ी हुँदा। विमानस्थलका सुरक्षा कर्मचारीहरुलाई बिशेष तालीम दिनु पर्ने देखे मैले। पूरे कर्मचारीहरुलाई “ब्यवसायिक” तालीम दिनु पर्ने देखें, छिटो, चुस्त, र “प्रोफेशनल” कामको लागि।

विमान र विमानस्थल :  काठमान्डौ (आतंरिक)

मेरो घर मोरंगमा पर्छ। केहि दिन काठमाँडौ बसेपछि नोवेम्बर २३, बुधवार म, श्रीमती, र छोरी बुद्ध एयर बाट बिराटनगरको लागि प्रस्थान गर्न एयरपोर्ट लाग्यौ। नेपालमा बुद्ध एयरलाइ अरूभन्दा सबैले राम्रो र भरपर्दो मांदा रहेछन। आतंरिक बिमानको बारे केहि टिपण्णी गर्न मन लाग्यो। नेपालमा अहिले पनी प्लेनको टिकट किन्न पैसा बोकेर काउंटरनै पुग्नु पर्ने रहेछ। “ऑनलाइन पेमेंट” त नेपालमा छंदै छैन भन्दा पनी हुन्छ, केहि सिमित ब्यवसायम बाहेक। आतंरिक विमानस्थलभित्र बहिरभन्दा ३ गुना महंगो पर्दो रहेछ। बाहिर ६० रुपैया पर्ने “चिप्स”को त्यहाँ २०० रुपैयासम्म पर्दो रहेछ! पर्यटकहरुलाई लक्षित गरी तेस्तो गरिएको रहेछ, जून राम्रो तरिका हैन। फेरी पनी प्रबिधिको प्रयोग धेरै कम देखियो। उडान तालिकाको राम्रो “अपडेट” देखियेन। ढिलाई त सामान्य कुरा रहेछ र छमाप्रार्थी पनी सामान्य मात्र भएको देखियो। १२:२० मा उड़ने पर्ने हाम्रो प्लेन ४:३० मा बल्ला उड़्यो। कारण: एयर ट्रैफिक! स्पष्ट के देखियो त भन्दा विमानस्थलको सिस्टेमले नै एयर ट्रैफिक समयमे ब्यस्थापन गर्न नसकेपछि विमान कम्पनीहरु पनी लाचार भएको देखियो। चुस्त र समयमै उडानको लागि विमान कंपनीले मात्रै नहुने रहेछ। एयरपोर्टको सिस्टमले पनी सपोर्टगर्नु पर्ने रहेछ। नेपालको आतंरिक र बैयह विमानस्थलको पूर्वाधारमा प्रबिधिको प्रयोग र सिस्टममा ठुलो फड्को मार्नु पर्ने देखियो।  अर्को चोटी भने पोखरा बाट काठमाँडौ फर्कदा त्यही बुद्ध एयरको विमानमा ३ बजेको उडान थियो तर २ बजेको उडानमा हालिदिएर २:४५ मा त काठमाँडौ पुगिएको थियो। नेपालमा उडान को ठेगान नभएको देखियो।

प्रतिक्रिया