मोडलिङ र रेस्लिङ खेललाइ एकै साथ अगाडी बढाएर चर्चा बटुल्दै अस्मिता सुनार जुरेली

इनेप्लिज २०७३ मंसिर २६ गते १४:१३ मा प्रकाशित

14287662_1637551779869886_1204004924_n

सुर्य चन्द काठमाण्डौ: बहुप्रतिभाकी धनि रेस्लर,मोडल अस्मिता सुनार(जुरेली) पछिल्लो समय मोडल भन्दा पनि नेपाली रेस्लर भनेर चिनिन्छिन l सुन्दर शरीरकी धनि अस्मिता ५ फिट ५ इन्च उचाई र ५५ किलोग्राम तौल भएकी छीन l मिलेको शरीर अनि आकर्षक ब्यक्तित्वकी धनि झट्ट हेर्दा लाग्दैन अस्मिता सुनार कुनै रेस्लर हुन। उनको शालीनता र मिलनसार स्वभाबले त झनै लाग्दैनकी ऊनि रेस्लर हुन तर रेस्लिङ रिङमा उनको स्वभाव फरक छ।

15435943_1676197239338673_296977714_n

अभिनय, नृत्यमा पोख्त अस्मिता मोडलिङ संसारमा पनि चिर परिचित नाम हो, त्यसो त अस्मिता मोडलिङ पृष्ठभूमिबाट आएकी हुन्। दर्जनभन्दा बढी म्यूजिक भिडियो हरुमा उनको कुशल अभिनय देख्न पाइन्छ। नेपाली चलचित्र भुलभुलैयामा उनी खलनायिका पनि बनिन त्यस पछि २०७० सालमा नेपालको पहिलो महिला रेस्लर भगवती खड्कासँग उनको भेट भए पछि बाटो बदलियो। अनि, भरतबहादुर विसुराल ‘हिमालयन टाइगर’ सँग रेस्लिङ–कला सिकिन र अस्मिताबाट ‘जुरेली’ बनिन्। ब्यबसायिक रुपमा ऊनि मोडलिङ र रेस्लिङ पेशालाइ एकै पटक लिएर जाने सोच बनाएकी अस्मिता जुरेलीलाइ चलचित्र र म्यूजिक भिडियोहरुको पनि अफर भने आइरहेको छ l

15424692_1676196989338698_1358163643_n

पछिल्लो समय नेपालमा पनि अनि नेपाली रेस्लर र रेस्लिङ खेललाइ मन पराउने र माया गर्ने हरुको संख्या बढ्दो छ l नेपालमा भईरहेको बिभिन्न रेस्लिङ खेलहरुमा अस्मिता जुरेलीको सहभागिता रहँदै आएको छ l तीन वर्षयता दर्जनौं पटक रिङमा उत्रिएकी उनी अब रेस्लिङमै करियर बनाउन चाहन्छिन् भने मोडलिङलाइ पनि तर यसका लागि सहज भने छैन कडा मेहनत र परिश्रमको जरुरत छ l विश्व जगतमा रेस्लिङलाइ मन पराउने धेरै भए पनि नेपालमा भने ब्यबसायिकरुपमा भने खासै उपलब्धि हुन नसकेको कुरा पनि ऊनि बताउछिन l नेपालमा टेलिभिजनमा रेस्लिङ हेर्ने दर्शक बढे पनि प्रतियोगिता भने कमै हुन्छ। त्यसमाथि पनि महिलाको सहभागिता न्यून छ। “नेपालमा हुने प्रतियोगिता छुटाएकी छैन” अस्मिता भन्छिन्, “अब अन्तर्राष्ट्रियस्तरमा खेल्ने रहर छ।”

15403104_1676197212672009_1336975883_n

रेस्लिङ खेल हो या मनोरञ्जन? धेरै झै अस्मितालाई पनि द्विविधा थियो। तर, खेल्न थालेपछि मात्र उनले भित्री कुरो बुझिन्। “यो ७० प्रतिशत वास्तविक र बाँकी नाटक हो”, उनी भन्छिन्। उनका अनुसार, रेस्लिङलाई रोमाञ्चक बनाउन रेस्लरहरू रिहर्सल समेत गर्छन्।

14331729_1637551843203213_1671900052_n
मोडलिङ सजिलो कि रेस्लिङ? अस्मितालाई धेरैले गर्ने प्रश्न हो यो। तर, उनका लागि रेस्लिङ सजिलो/अप्ठेरो भन्दा पर चुनौती हो। “जीउ दुखेर हैरान हुन्छ”उनी भन्छिन्, “त्यसैले खेल अघि–पछि नियमित व्यायाम र अभ्यास जरुरी हुन्छ। अस्मिता जुरेली भविष्यमा ब्यबसायिक रेस्लरको साथै एक कुशल मोडल तथा अभिनेत्री बनेर देशको सेवा गर्न चाहन्छिन l

14302641_1637552119869852_1832697078_n 14331684_1637551793203218_1513835822_n 15357007_1676197192672011_986817287_n

प्रतिक्रिया