सरस्वती लामाको म्यूजिक एलबम उर्वसी बिमोचन, यो छोरीलाई हेर्दा मात्रै नक्कली म्यूजिक भिडियो समेत

इनेप्लिज २०७३ मंसिर २५ गते ४:५१ मा प्रकाशित

img_5302

लामो समय देखि आफ्नो दोश्रो म्यूजि एलबमको तयारीमा लागेकी रक पाप गायिका सरस्वती लामाको उक्त एलबम “उर्वसी” लोकार्पण भएको छ। कार्यक्रमका प्रमुख अतिथि जापानका लागि पूर्वराजदुत डा. गणेश योञ्जनले “उर्वसी” एलबमको लोकार्पण गर्नुभएको हो।

img_5299

यही डिसेम्बर ८, २०१६ मा सिटीम्याक्सहल बागबजारमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा संगीतका चर्चित ब्यक्तित्व गुरुदेव कामत, गायक यम बराल, राष्ट्रीय ब्यापारा संघ, चलचित्रकर्मीहर, एलबमका संगीतकारहरु शन्तिराम राई, बसन्त सापकोटा, हरि लम्सालका साथै गीतकारहरु लगायत थुप्रै ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

नेपालका स्थापित तथा चर्चित मीडियाहरु रेडियो नेपाल, गोरखापत्र, कांतिपुर टीभी, कांतिपुर दैनिक, साप्ताहिक, रेडियो कांतिपुर, इमेज टीभी, इमेज एफएम, सागरमाथा टीभी, हिट्स एमएम लगायत धेरै अनलाइन पत्रकारहरुको समेत उपस्थित थियो।

उर्वसी एल्बममा पाँच वटा गीतहरु समावेस छन। संयोजन नै मान्नुपर्छ की ५ मध्ये ३ गीतका शब्दहरु संचारकर्मीहरुको रहेको छ। शीर्ष अर्थात टाइटल सङ्ग उर्वसी को शब्द अमेरिका स्थित एनआरएन अभियन्ता तथा संचारकर्मी कृष्ण के सी को हो। सो गीतको संगीतमा बसंत सापकोटाले संगीत गर्नुभएको हो।

त्यसैगरी खाली छ खाली छ रक्-पाप टाइपका गीतको शब्द नरेश भटट्टराईको हो भने संगीत हरि लम्सालको। कुर्ता सूरवाल लाउँकी भन्ने पूर्वेली गीतको शब्द डिम्पल लिम्बूको हो र संगीत शांतिराम राईको हो। त्यसैगरी भादगाउँले टोपी गीतको शब्द र संगीत दुबै बसंत सापकोटाको हो। अनि यो छोरीलाई हेर्दा मात्रै नक्कली गीतको शब्द भीम राइको हो भने संगीत स्पंदन राइको हो। एलबमका ५ मध्ये यो गीतको मयोजिक भिडियो समेत सार्वजनिक गरिएकोछ।

अब बाँकी गीतहरुको म्यूजिक भिडियो पानी क्रमश भन्ने कुरा गायिका लामाले बताउनु भएको छ। साथमा यो एलबम बनाउन सुरु देखि बिमोचन सम्म सहयोग दिनुहुने सबैप्रति उहाँले धन्यबाद ज्ञापन गर्नुभएको छ। दोश्रो एलबमको पहिलो म्यूजिक भिडियो:

प्रतिक्रिया