तरकारीले बजार पाएन

इनेप्लिज २०७३ मंसिर २४ गते १०:२६ मा प्रकाशित

tarkariडडेल्धुरा २४ मङ्सिर । जिल्लाका दुर्गम गाउँमा उत्पादन भएको तरकारी बजारमा खपत नहुँदा कृषक चिन्तित बनेका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि अधिकांश कृषक खेतीबाली छोडेर व्यावसायिक रुपमा तरकारी उत्पादनतर्फ उन्मुख भएका थिए । भित्री मधेशको गोदाम क्षेत्रमा लगाएको तरकारीले उचित मूल्य नपाउँदा कृषक पुख्र्यौली खेतीतर्फ फर्कने मनस्थितिमा रहेका आलिताल गाविसका गङ्गा बोहरा बताउनुहुन्छ ।

करिब तीन रोपनी जमिनमा उत्पादन गरेको तरकारीले बजार नपाउँदा त्यसै खेर जाने अवस्था रहेको उहाँको भनाइ छ । “सस्तो मूल्यमा बेच्दा समेत उत्पादन अनुसारको तरकारी खपत हुन सकेको छैन,” बोहराले भन्नुभयो । बजार र उचित मूल्य नपाउँदा तरकारीखेती नै त्याग्नुपर्ने अवस्था आएको आलिताल गाविस गोदामका जगतसिंह मडैले बताउनुभयो ।

जिल्लाका सरकारी र गैरसरकारी संस्थाले व्यावसायिक रुपमा तरकारी उत्पादन गर्नका लागि किसानलाई प्राविधिक र आर्थिक सहयोग गर्दैआएका छन् । जिल्लाका बगरकोट, समैजी, अशिग्राम, गाङ्खेत गाविस र अमरगढी नगरपालिकामा अनुकुलन परियोजनाले तरकारी उत्पादनका लागि कृषकलाई सिचाँइका साथै तरकारी व्यवस्थापनका लागि सङ्कलन केन्द्र राखी सहयोग गर्दैआएको छ ।

आलु, गोलभेँडा, बन्दागोभी, काउली, भेडे खुर्सानी, मुला, काँक्रा गरी आव २०७२÷७३ मा १६ हजार ६०० मेट्रिक टन तरकारी उत्पादन गरी बिक्री गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच भएपछि तरकारी उत्पादन गर्ने किसानको सङ्ख्यामा वृद्धि भए पनि तरकारीले बजार पाउन सकोको छैन ।

जिल्लामा दुई हजार ४२ हेक्टरमा हिउँदे र बर्खे गरी दुई पटक तरकारीखेती गरिँदै आएको छ । यहाँ उत्पादन गरिएको तरकारी सुदूरपश्चिमका अन्य पहाडी जिल्लासहित तराईका कैलाली र कञ्चनपुरमा समेत बिक्री गरिँदै आएको अनुकुलन परियोजनाका कार्यक्रम सयोजक पुरन ऐरले बताउनुभयो ।

प्रतिक्रिया