अदुवा किसान सङ्कटमा

इनेप्लिज २०७३ मंसिर २४ गते ९:३८ मा प्रकाशित
cb'jfn] ahf/ kfPg w/fgsf ls;fgn] sjf8Lsf] d'Nodf a]Rg'k/]kl5 ahf/:ynd} 5f8]sf cb'jf . tl:a/ M ofd k|wfg, O6x/L, /f;;

cb’jfn] ahf/ kfPg
w/fgsf ls;fgn] sjf8Lsf] d’Nodf a]Rg’k/]kl5 ahf/:ynd} 5f8]sf cb’jf . tl:a/ M ofd k|wfg, O6x/L, /f;;

इटहरी, २४ मङ्सिर । पूर्वी नेपालका अदुवा किसान आफ्नो उत्पादनलाई भारतमा निकासी गर्न नसक्दा गम्भीर समस्यामा परेका छन् ।

पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका हुन् ।

अहिले यहाँका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँमा पनि बिक्न छाडेको छ । गतवर्ष यही समयमा किसानले अदुवाख प्रतिकेजी ५० देखि ७० रुपैयाँमा बिक्री गरेका थिए ।

अहिले विचौलिया व्यापारीले किसानले ल्याएको अदुवा किनिदिन छाडेकाले अदुवा किसान रुनु न हाँस्नुको अवस्थामा पुगेको पीडित किसानले बताएका छन् ।

विशेषगरी धनकुटा, सुनसरी, भोजपुर, सङ्खुवासभा, खोटाङ, उदयपुर जिल्लाबाट किसानले अधिकतम रुपमा धरानको कृषि उपज बजारस्थलसम्म बिक्रीका लागि अदुवा लिएर आउने गरेका छन् । यसपटक भने उचित मूल्य नपाएपछि बजारमा भुक्तानी विनै अदुवा छाडेर जान बाध्य भइरहेको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पूर्वी नेपालका विभिन्न जिल्लाबाट प्रतिवर्ष कम्तीमा १० हजार मेट्रिक टन अदुवा बजारस्थलमा आउने र त्यसमध्ये ९० प्रतिशत अदुवा भारत निकासी हुने गरेकामा यस वर्ष अहिलेसम्म भारत निकासी हुनसक्ने स्थिति देखापरेको छैन ।

प्रतिक्रिया