सुस्माको मस्त जवानी कस्का लागि ? (भिडियोसहित)

इनेप्लिज २०७३ मंसिर २३ गते ८:३४ मा प्रकाशित

suama__5

काठमाडौं । मोडल सुस्मा अधिकारी ‘मेरो मस्त जवानी तिम्रो…’ भन्दै देखिएकी छन् । गायिका लक्ष्मी आचार्यको पछिल्लो गीत ‘मस्त जवानी..’ बोल म्युजिक भिडियोमा उनी सो रुपमा प्रस्तुत भएकी हुन् । गीत यूट्युवमार्फत सार्वजनिक भएको छ । जसमा मोडल सुस्मा अघिकारी निकै हट रुपमा प्रस्तुत भएकी छन् । भिडियोमा सुस्माको अलवा सन्दिप, बिज्ञान लगायतको अभिनय रहेको छ । चलचित्रमा राखिने आइट झै तामझामका साथ बनाइएको भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् । भिडियोमा सन्तोस राजबाहको कोरियोग्राफी, अम्रित सुनुवारको छायाँकन र निशान्त घिमिरेको सम्पादन रहेको छ ।

suama__5

गायिका लक्ष्मीले आइट गीतको रुपमा यसलाई बाँहिर ल्याएकी हुन् । गीतकमा शब्द सुभाष गौतम र संगीत अनुप रेग्मीको रहेको छ । कैलाली टीकापुर मोतीनगरकी लक्ष्मी बिगत पाँच वर्षदेखि गायनमै रमाई रहेकी छन् । उनका ‘नजिक नजिक सर्छन्’, ‘तीन साल अमेरीका’, ‘यो मोरीको घैटोमा कहिले घाम लाग्ने हो’, ‘पाउजु बजाउँछु म’ बोलका गीत हिट भएका छन् । अघिल्ला केही गीतमा उनले मोडलिङ समेत आफैले गरेकी छिन् ।

प्रतिक्रिया