अनेसासको सल्लाहकार मनोनयन

इनेप्लिज २०७३ मंसिर २० गते २३:४९ मा प्रकाशित
अन्तर्राष्ट्रीय नेपाली साहित्यसमाजको सल्लाहकारमा सात जनाको नाम चयन गरिएको छ | अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त चयन गरेको हो |
जसअनुसार डा. खगेन्द्रप्रसाद लुइँटेल (नेपाल), गीता खत्री (अमेरिका), गंगाराम लामिटारे (भूटानी नेपाली साहित्यकार-अमेरिका), भबन भट्ट (जापान), माया ठकुरी (नेपाल), मोहन सिटौला (अमेरिका) र विन्द्या सुब्बा (भारत) रहेका छन |
सल्लाहकार समितिको कार्यावधि दुईवर्ष रहने छ |

गोवर्धन पूजा
महासचिव

प्रतिक्रिया