लैंङ्गिक हिंसा विरुद्ध समुदाय जागरण कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ मंसिर २० गते १२:२३ मा प्रकाशित

rally

सञ्जय मित्र, रौतहट
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवशरमा गाँऊ जागरणका लागि नारा सहित ¥याली, कविता, गित र सभा कार्यक्रम सम्पन्न भएको छ । “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागी हिंसा रहित समाज” भन्ने राष्ट्रिय नारा र “Peace in the home to peace in the world make education safe for all”भन्ने अन्तर्राष्ट्रिय नाराका साथ गाविस लौकाहाको श्री ब्रम्हदेव उच्च मा.बि. र जेठरहियाको श्री माध्यमिक बिध्यालय, जठरहिया टोलामा कार्यक्रम सम्पन्न भएको छ । प्राकृतिक लैंङ्गिक भिन्नतालाई परिवर्तन गर्न नसकिने तर समाजद्धारा श्रृजित लैंङ्गिक विभेदहरुलाई परिवर्तन गर्न सकिन्छ भन्ने कुरालाई पुष्टि गर्दै छोरी र महिला भएकै कारण बिभिन्न खालका लैंङ्गिक विभेदका साथै दुव्र्यवहार, हिंसा, शोषण, बालविवाह र बेचबिखन तथा ओसारपसार समस्या खेप्नु पर्ने अहिलेको अवस्थालाई बदल्दै बालिका र महिला मैत्री समाज निर्माणका लागि यस १६ दिने अभियानले विशेष महत्व राख्दै आएको छ ।

प्लान इन्टरनेशनल नेपाल र महिला सुरक्षा दवाव समुह, रौतहटको आयोजना र स्थानिय बिध्यालय, गाँऊ बाल संरक्षण समुह, बाल समुह, किशोरी समुहहरु संगको समन्वयमा आयोजित कार्यक्रममा बालबालिका, किशोरी र महिलाहरुले लैङ्गिक हिंसा न्युनिकरणका लागी नारा सहितको ¥यालीले गाँऊ परिक्रमा गर्नुका साथै कविता, गित र नृत्य समेत प्रस्तुत गरेका थिए । गाँऊ बाल संरक्षण समिति, लौकाहाकी संयोजक सफिना खातुन र जेठरहियाकी संयोजक खुसमन्ति देवी सहनिको सभाध्यक्षतामा आयोजित कार्यक्रममा प्रध्यानाध्यापक, प्रहरी चौकी, गाविस कार्यालय, उपस्वास्थ्य चौकी, महिला सुरक्षा दवाव समुह, गाँऊ स्तरिय बालक्लब, किशोरी समुह र राजनैतिक दलका स्थानिय प्रतिनिधिहरु अतिथि रहेका थिए ।

प्रतिक्रिया