नेपाली साहित्य समाज, क्यानाडाको घरदैलो काव्य प्रस्तुति

इनेप्लिज २०७३ मंसिर २० गते ५:३६ मा प्रकाशित

विशाndscanada-logoल टोरोन्टो क्षेत्रमा मात्र साहित्यिक गतिविधि गर्दै आएको समाजले भर्खर क्यानाडा सरकारको नियमानुसार सामाजिक संस्थाका रुपमा दर्ता गराएर वैधानिकता पाएको छ । समाजले यसलाई राष्ट्रव्यापीरुपमा विस्तार गराएर क्यानेडियाली नेपाली साहित्यकारहरुलाई एउटै छहरीमा राखेर क्यानाडाको नेपाली साहित्यलाई एकरुपता दिने कार्यका लागि विभिन्न प्रान्त र शहरबाट उपाध्यक्ष मनोनित गर्दे जाने लक्ष राखेको छ । यसै सन्दर्भमा गत शनिवार समाजले घरदैलो काव्य प्रस्तुति कार्यक्रमलाई निरन्तरता दिदै समाजका निवर्तमान महासचिव डा. विष्णु गौतमको विदाई कार्यक्रमको आयोजना गरेको थियो । उक्त भेलाबाट नेपाली साहित्य समाज, क्यानाडाले कार्यकारिणी समिति चयन गरेर पूर्णता पाएको छ ।  अब समाजले  आफ्नो कार्य क्षेत्र विस्तार गरेर क्यानाडाव्यापी बनाउने लक्ष्य राखेको छ ।

img_5585

नेपाली साहित्य समाज, क्यानाडाको सत्र सदस्यीय नयाँ कार्यकारिणी समितिमा अध्यक्ष डा. गोबिन्द रावत, उपाध्यक्ष सिर्जना लम्साल –आचार्य), महासचिवरविन थपलिया, सचिव राधिका अर्याल, कोषध्यक्ष  लीलानाथ पाण्डे र सदस्यहरुमा मुक्ती गौतम, अनुप न्योपाने, प्रदिप पौडेल, हरी लम्साल, अच्युत काफ्ले,मोहन खरेल र डा। श्याम खनाल रहनु भएको छ । त्यस्तै प्रान्तीय उपाध्यक्षमा ऋषी बस्ताकोटी क्यालगरी, रामकृष्ण शर्मा, मानकाजी भ्यानकुभर, सुरेनउप्रेती, अटवा र एडमण्टन ईश्वर खत्री अनि नेपालबाट समाजका पूर्व महासचिव डा. विष्णु गौतम रहनु भएको छ । समाजको सल्लाहकारमा गोपीकृष्णकाफ्ले, डा। तुलसी धरेल र रमेश थापा रहेका छन् ।

img_5572

विशाल टोरोन्टो क्षेत्रमा साहित्य गतिविधिलाई निरन्तरता दिन २००४ को वसन्त पञ्चमीका दिन स्थापना भएको नेपाली साहित्य समाजले स्थापना कालदेखिनेपाली भाषा साहित्यको संरक्षण र संवद्र्धन गर्दै क्यानाडामा  साहित्य गतिविधिलाई निरन्तरता दिदै आएको छ । समाजले पहिलो क्यानाडाव्यापी कवितासंग्रह “क्यानाडाका काव्य सुसेली” को प्रकाशन गर्नका साथै पहिलोपटक उत्तरअमेरिका काव्य संगमको आयोजना गरेको थियो । समाजले २०१०देखिविभिन्न अवरसमा नेपाली टोपी कार्यक्रमको आयोजना गर्दै आएको छ भने  नेपाली साहित्यका महारथीहरुको जन्मजयन्तीसँगै विभिन्न चरणमा नेपालबाटआउनु भएका साहित्यकारहरुको सम्मानकार्य सम्पन्न गर्दै आएको छ । नेपाली साहित्य समाजले क्यानाडाभरी साहित्यिक गतिविधिलाई एकरुपताका साथनिरन्तरता दिने उद्देश्य राखेर नेपाली साहित्य समाज क्यानाडाको नामबाट नियमानुसार कवितावाचन कार्यक्रमको आयोजना गर्दै साहित्यिक गतिविधिलाईनिरन्तरता दिने उद्देश्य राखेको छ । साहित्यिक पत्रिका प्रकाशनको क्रममा समाजले उत्तरअमेरिका काव्य संगम संग्रहको प्रकाशन कार्य गर्ने तरखर गर्दै छभने विभिन्न साहित्यकारहरुका कृतिहरु पनि प्रकाशन गर्दै आएको छ ।

img_5565

घरदैलो काव्य प्रस्तुति कार्यक्रमको थालनीसंगै यसको निरन्तरताका लागि दुई महिनामा एकपटक काव्य प्रस्तुति कार्यक्रम समाजका सदस्यहरुकोवासस्थलमा  आयोजना गर्ने लक्ष्य समाजले राखेको छ । काव्य श्रवण र प्रस्तुतिका माध्यमबाट सिर्जना अभिव्यक्त गर्दै साहित्यलाई निरन्तरता दिदै सहभागिर काव्य सर्जकबीच समन्वय कायम गर्दै साहित्यिक गतिविधिलाई सुचारु रुपले अघि बढाउने उद्देश्य समाजको रहेको छ । घरदैलो काव्य प्रस्तुतिकार्यक्रममा विभिन्न सर्जकहरुले आआफ्नो काव्य सिर्जना पस्केका थिए । अर्को घरदैलो काव्य प्रस्तुति कार्यक्रम जनवरीको अन्त्मा समाजका सदस्य मुक्तीगौतमले आफ्नो वासस्थानमा आयोजना गर्नु हुनेछ ।

प्रतिक्रिया