चेपाङ संग्रहालय अबलोकन गर्नेको भीड

इनेप्लिज २०७३ मंसिर १४ गते १२:५० मा प्रकाशित

dsci6370

सौराहा १४ मंसिर ।
पर्यटकीय नगरी सौराहामा सञ्चालनमा ल्याईएको चेपाङ संग्रहालयमा अबलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटनको भीड लाग्ने गरेको छ । गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको सो संग्रहालय दैनिक ६ सय पर्यटनहरुले अबलोकन गर्ने गरेका छन । अबलोकन गर्ने पर्यटक मध्ये ८० प्रतिशत स्वदेशी र २० प्रतिशत विदेशी पर्यटक रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रका सचिव रेशम चेपाङले जानकारी दिए । गत भदौ महिनाबाट सुरु गरिएको सो संग्रहालयमा कार्तिक महिना सुरु भएपछि अबलोकन कर्ताको भीड लाग्ने गरेको हो । अहिले चेपाङ संग्रहालय सौराहा आउने स्वदेशी तथा विदेशी पर्यटकको अर्कषणको केन्द्र बनेको छ ।

dsci6365

सौराहाको गैंडाचोकमा अर्काको घर भाडामा लिएर चेपाङ संग्रहालय सञ्चालन गरिएको छ । संग्रहालयबाट भएको आम्दानी प्रतिमहिना २० हजार रुपैया घर भाडा तिरेर बचेको रकम गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ शिक्षामा खर्च गर्ने योजना रहेको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले बताए ।

dsci6361केन्द्रमा आश्रित चेपाङ वालवालिकाको शिक्षाका लागि दीर्घकालिन श्रोत जुटाउन सौराहामा संग्रहालय सञ्चालन गरिएको हो उनले भने सुरुवाती केही महिनामा घरको भाडा तिर्न मुश्किल भएको भएपनि अहिले भने पर्यटनको भीड लागेको छ । केही दिन देखि संग्रहालय अबलोकन कर्ताको भीड लाग्न थालेपछि आफु उत्साहित भएको उनले बताए । केन्द्रमा चेपाङ समुदायको कला,संस्कृति झत्कने आदिमकाल देखि चेपाङहरुले बनाएर प्रयोग गरेका भाडाबर्तन सहितका अन्य ३७४ वटा आर्कषक सामाग्रीहरु केन्द्रमा राखिएको अध्यक्ष शर्माले बताए ।

dsci6355

प्रतिक्रिया