एनआरएन अमेरिकाको एजीएम टेक्सासमा हुने ।

इनेप्लिज २०७३ मंसिर १२ गते १३:५१ मा प्रकाशित

img_2470

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फरेन्स कल बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । शनिवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले एनआरएन अमेरिकाको बिधान अनुसारबार्षिक साधारण सभा गर्नु पर्ने भएकोलेयहि डिसेम्बरको ३१ तारिखको प्रस्तावगरी टेक्सास राज्यको डलासमा गर्ने गरीनिर्णय गरेको छ । उक्त बैठकले साधारण सभाको कन्भेनरमा एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष राम सि पोख्रेललाई तोक्ने निर्णय गरेको छ । सो साधारणसभाको लागि आवश्यक सबै काम चाँडो भन्दा चाँडो सुरु गरी सबै सदस्यहरु लगायत सम्पूर्ण संघ-संस्था, पत्रकार, बर्तमान कार्यसमिती, सल्लाहकार, पूर्वकार्यसमितिका पदाधिकारीहरु तेसैगरी आइसिसीका सदस्य, क्षेत्रिय उपसंयोजक, क्षेत्रिय संयोजक, प्याट्रन, सल्लाहकार लगायत सम्बद्धसबैलाई जानकारीतथा निमन्त्रणा दिन नवनियुक्त कन्भेनरलाई अनुरोध गरिएको छ |

अमेरिकामा गैर आवाशीय आन्दोलनलाई थप मजबुत र प्रभावकारी बनाउन टाउनहल मीटिंगको अवधारणा राखि एनआरएन अमेरिकाका उपाध्यक्ष रामसी पोख्रेलको संयोजकत्वमा हालैअमेरिकाका विभिन्न राज्यमा गरिएका टाउनहल मिटिंग बाट आएका सल्लाहएवम् सुझावहरुलाई समेटी अबको एनआरएनए अमेरिकाको सदस्यता भरपर्दो बनाउने गरि भेरीफिकेसन गर्ने गाइडलाइनको ड्राफ्ट एक हप्ता भित्र तयार गर्नका लागि क्षेत्रीय उपाध्यक्ष राम सि पोखरेलको संयोजकत्वमा बरिष्ठ उपाध्यक्ष तथा अन्य तीन क्षेत्रीय उपाध्यक्षहरुलाई जिम्मा दिने निर्णयगरियो | वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष तथा सल्लाहकार, च्याप्टरहरू तथा एनआरएन अमेरिकाका सम्पूर्ण अभियन्ता संगठित भई अमेरिकाको विभिन्न राज्यमा सदस्यता विस्तार प्रणालीलाई अझ प्रभावशाली निर्णय पनि गरिएको छ ।

उक्त बैठकमा छलफल गर्दा नेपाली अमेरिकन सेन्टर, सिकागोकाप्रतिनिधि रमाकान्त खरेल ज्यु बाट भुकम्पसहयोगार्थ प्रदान गरिएको ३६०००अमेरिकी डलर एनआरएनए अन्तर्राष्ट्रियसमन्वय परिषदलाई हस्तान्तरण गर्ने निर्णय गरियो र दानी रमाकान्त खरेललाई धन्यवाद प्रस्ताव समेत पास गरिएको छ ।

त्यसैगरि एनआरएनए अमेरिकाले डिसेम्वर ३१, २०१६ का दिन टेक्सास राज्यको डालस शहरमा वार्षिक साधारण सभा धूमधाम सँग गरि सम्पूर्ण संघ संस्था तथा एनआरएनए का साधारण सदस्य देखि नेपाली जनमानसवाट पनि अाजको अवस्थामा कसरी अगाडि वढने भन्ने स्पस्ट नीति पनि तय गर्ने छ । त्यसरीनै गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिका उपाध्यक्ष रामसी पोखरेलको संयोजकतमा एजीएम सम्पन्न गर्न लागिएको हो । ट्याक्सास राज्यमा यतिबेला एजीएम गराउनका लागि विभिन्न संघ तथा संस्थाहरू उत्साहित रहेको कुरा एनआरएन ट्याक्सास च्याप्टरका अध्यक्ष उत्तम लामिछानेले वताउनु भयो ।

यसै क्रममा डिसेम्वर ३१ तारिखका दिन डालसमा हुन् लागिरहेको एनआरएन अमेरिकाको बार्षिक साधारणसभा यो कमिटीका सदस्यहरूको अन्तिम भेटघाट कार्यक्रम हुने छ I डिसेम्वरमा हुने साधारणसभाले नेपाली अमेरिकनको एकता र सहकार्यका लागि महत्वपूर्ण भुमिका खेल्नेछ ।

टेक्सास राज्यको डालस शहरमा ३१ डिसेम्वर २०१६ शनिवारका दिन हुने कार्यक्रममा सम्पूर्ण सदस्यहरु, संघ-संस्था, पत्रकार, बर्तमान कार्यसमिती, सल्लाहकार, सम्पूर्ण कमिटिका सदस्यहरु, पूर्वकार्यसमितिका पदाधिकारीहरु तेसैगरी आइसिसीका सदस्य, क्षेत्रिय उपसंयोजक, क्षेत्रिय संयोजक, प्याट्रन, सल्लाहकार लगायत सम्बद्धसबैलाई उपस्थित हुनका लागि एनआरएन अमेरिकाले अनुरोध गरेको छ । एनआरएन अमेरिकाको उक्त कन्फ़ेशन कल मीटिंग कार्यक्रमको संचालन एनआरएन अमेरिकाका महासचिव तिलक श्रेष्ठले गर्नु भएको थियो ।

—सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएन अमेरिका

प्रतिक्रिया