उत्सव वचाउनमा इजरायलबाट १ लाख बढी सहयोग

इनेप्लिज २०७३ मंसिर ९ गते ०:०९ मा प्रकाशित

20161123_143945

मंसिर ८
आर्थिक कठिनाईले उपचारमा समस्या भएका मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीका १२ वर्षीय क्यान्सर पीडित उत्सव धिमालको उपचारका लागि इजरायलमा रहेका नेपालीले १ लाख १० हजार रुपैयाँ सहयोग पठाएका छन् । पथरीशनिश्चरे ८ घई भएका मधु काङ्वाको नेतृत्वमा इजरायलमा रहेका नेपालीहरुले संकलन गरेको सो रकम आज एक कार्यक्रमकाबीच हस्तान्तरण भएको छ ।

मधुकी आमा इन्द्रकुमारी लिम्बू र वहिनी पुष्पा लिम्बूले उत्सव धिमाल बचाउ अभियान संयोजक साजन धिमाल र उत्सवका बुबा छत्रबहादुर धिमाललाई सो रकम हस्तान्तरण गर्नुभएको छ । स्थानीय एभरेष्ट माविमा कक्षा ६ मा अध्ययरत विपन्न परिवारका उत्सवको टाउकाको क्यान्सर भएपछि उपचारका लागि हारगुहार माग्दा हालसम्म ४ लाख ४९ हजार २ सय ७३ रुपैयाँ संकलन भएको अभियान समिति संयोजक साजन धिमालले उल्लेख गर्नुभएको छ । ब्रेन ट्यूमरबाट क्यान्सर भएर बम्बईको टाटा मेमोरियल अस्पतालमा उपचाररत उत्सवको उपचारका लागि पथरीशनिश्चरे र बयरबनका गरी ११ वटा विद्यालय, त्यहाँका विद्यार्थी, शिक्षक र कर्मचारीबाट १ लाख ४२ हजार ३ सय ९५ रुपैयाँ संकलन भएको छ । ऐयावारी र रिंगुवातर्फबाट ८९ हजार ५ सय ५१, जिरिखिम्तीबाट ५० हजार ५ सय ५२, हाँस्य टेलिश्रृंखला ‘दोबाटे’बाट १० हजार रकम प्रदान भएको छ । त्यस्तै, सामुदायिक वनतर्फबाट डाँसमोरङ्गीले ५ हजार, पशुपतिले २ हजार र भूल्के पशुपतिले १ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । कतारमा रहेका डिल्लीबहादुर रानामगरले ५ हजार ३ सय १५, अमेरिकामा रहनु भएका जिरिखिम्तीका प्रदिप कटुवालले ३ हजार ७ सय ७० रुपैयाँ सहयोग पठाउनु भएको छ ।

20161123_143940

पथरीका गायक अर्जुन सेन्चुरीले ५ हजार, विदेशमा रहेका दोबाटे हाँस्यटेलिश्रृंखाका कलाकार भिष्म न्यौपानेले ३ हजार १ सय, दोबाटेका अर्का कलाकार कमल दहाल काकाले १ हजार १ सय र पथरीकै गोपाल सिलवाले १ हजार १ सय रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ । उत्सवको अवस्था सञ्चारमाध्यमबाट थाहा पाएर विराटनगरकी दिपिका भट्टराईले ५ हजार, मोरङ २ का सांसद चण्डीप्रसाद राईले समेत २ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभयो । उत्सवको काठमाडौंस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्यूमर भनेर शल्यक्रिया गरेपनि क्यान्सर नै भइसकेको भन्दै बम्बइको टाटा हस्पिटलले किमोथेरापि विधिबाट उपचार गरिरहेको छ । शल्यक्रिया, त्यसपछिको किमोथेरापी सहितका उपचारमा घर समेत धितो राखेर हालसम्म १८ लाख बढी रकम खर्च भइसकेको छ ।

20161123_143926 उत्सव अध्ययनरत एभरेष्ट माविबाट २५ हजार २४ तथा त्यहाँका विद्यार्थी, शिक्षक र कर्मचारीबाट २५ हजार ९ सय ७६ तथा विद्यालयमा आफ्ना नानीहरुलाई खाजा खुवाउन आएका अभिभावकबाट २ हजार गरी कुल ५३ हजार रुपैयाँ प्रदान भएको छ । त्यहाँको पञ्चायत माविका शिक्षक, विद्यार्थी, कर्मचारीले १६ हजार ७ सय ५०, बाल्मिकी बोर्डिङले १२ हजार ५ सय, पेगोडा बोर्डिङले १५ हजार ९ सय ४५, अन्नपूर्ण बोर्डिङबाट १० हजार ५ सय, रेडस्टारले ७ हजार ८ सय १०, भूपु सैनिक बोर्डिङले ७ हजार ७ सय ३०, अरुणोदयले ५ हजार २ सय, जूनताराले २ हजार ३ सय ८२ रुपैयाँ र सिडलिङ मन्टेश्वरीले २ हजार सहयोग प्रदान गरेको हो । पर्ल एकाडेमी बयरबनले ६ हजार, त्यहाँका विद्यार्थीहरुले २ हजार ७ सय गरी कुल ८ हजार ७ सय रुपैयाँ प्रदान भएको छ ।

प्रतिक्रिया