ट्रंपले संचारकर्मीलाई ट्रंप टावरमा यसरि झाको झारे

इनेप्लिज २०७३ मंसिर ८ गते ३:३२ मा प्रकाशित

donald-trumph

गत नोवेम्बर २१ तारिख न्युयोर्क स्थित ट्रंप टावरमा भएको संचार कर्मी तथा निर्वाचित राष्ट्रपति बिच भएको अनौपचारिक सम्मेलनमा ट्रंपले संचार कर्मीलाई झाको झारेका छन् l

ट्रंपले अमेरिकाका नाम चलेका प्रसिद्ध संचार माध्यमलाई हकारेको कुरा न्युयोर्क पोस्ट डटकमले श्रोतले भनेको लेखेको छ l सीएनएनका जेफ जुकरलाई म तिम्रो संजाललाई घृणा गर्छु ,सीएनएन झुठा हो र तिमिले आफुलाई लज्जित गर्नु पर्छ भनि श्रोतले भनेको भनि उल्लेख गरेको छ l

अनौपचारिक भेटघाट पूर्ण दुर्भाग्य पूर्ण हुन् पुगेको थियो भने संचार माध्यमहरु ट्रंपको प्रशासन आदि बिषयमा जान्ने हेतुले गएका भएता पनि ट्रंप शैलीमा ब्यबहार गरेका छन् l बैठक करिब ठुलो बैठक कक्षमा करिब ३० देखि ४० जना सम्म ठुला संचार माध्यमका समाचार वाचक रहेको श्रोतले जनाएको भनि न्युयोर्क पोस्ट डटकमले समाचार छापेको छ l

ट्रंपले यसो भनि रहेका थिए ,हामीहरु असत्यबादी कोठामा छौ ,भ्रमकारी ,बेइमान संचार माध्यम जो सबैले गलत गरे l ट्रंपले सम्बोधन गर्दै संचार माध्यम बेइमानी र भ्रामक हुन् भन्न चुकेकन भनि लेखेको छ l

एनबिसीका समाचार वाचिका भएता पनि उनलाई पनि गलत गरेको भनेका थिए l उपस्थित संचारकर्मी आश्चर्य मान्दै संक्रमण कालिन मन्त्रि मण्डल सम्बन्धि केहि शब्दहरु उनले निकाल्ने छन् कि भन्ने आशामा बसेका थिए l

अनौपचारिक बैठक भएकोले कुन बिषयमा छलफल भएको भन्ने बिषयमा बाहिर समाचार प्रकाशित नगर्ने सर्तमा भएको थियो l एनबिसी ,एबिसी ,सीबिएस ,फक्स न्युज ,एमएसएनबिसी ,सीएनएन लगायत अन्य प्रतिष्ठित संचार माध्यम को सहभागिता रहेको न्युयोर्क पोस्ट डटकमले लेखेको छ l

प्रतिक्रिया