अध्यक्ष थापाद्वारा पदवहाली: बैठक सम्पन्न

इनेप्लिज २०७३ मंसिर ७ गते १३:१६ मा प्रकाशित

kamal thapa 1काठमाडौँ, ७ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदवहाली गर्नुभएको छ ।
राप्रपा नेपाल राप्रपामा सोमबार एकीकृत भएपछि उहाँले कार्यकारी अध्यक्षका रुपमा आज पदवहाली गर्नुभएको हो ।

यसैबीच एकीकरणपछि पार्टीको पहिलोपटक आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एकताको सन्देश दिन केन्द्रीय नेताको सहभागितामा देशका ७५ जिल्लामा आमसभा गर्ने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष थापाको सभापतित्वमा चाबहिलमा बसेको सो बैठकले पार्टी एकता भएपछि एकताको आधार र निर्देशिका बनाउन समिति गठन गर्ने निर्णय गरेको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी सहभागी हुनुहुन्थ्यो । यसैगरी पार्टी राप्रपासँग एकीकरणपछि पहिलोपटक बुधबार (भोलि) काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्दैछ ।

पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य गरी करिब ३०० जनाको सहभागितामा बस्ने केन्द्रीय समितिको बैठकमा आज गरिएका निर्णय पारित गर्न प्रस्तुत गरिनेछ ।

त्यसैगरी मुलुकको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल तथा राष्ट्रिय राजनीतिको विकासमा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने नेता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया