यस्तो छ केपी ओलीले लोकार्पण गरेको ‘हाम्रो नेपाल हामी नेपाली’ (भिडियोसहित)

इनेप्लिज २०७३ मंसिर ७ गते १२:५४ मा प्रकाशित

 

f-35गुल्मी, ७ मंसिर । देशको बिग्रदो परिस्थितिलाई खबदारी गर्ने उद्देश्यले सार्बजनिक भएको लोकप्रिय गीतकार एबं गायक बैकुण्ठ महतको “हाम्रो नेपाल हामी नेपाली” सार्बजनिक भएको छ । देशप्रेमले ओतपूर्ण उक्त सार्बजनिक भएलगत्तै महत यतिबेला चर्चामा रहेका छन् । बिभिन्न खाले मायाँ प्रेममा आधारित लोक तथा दोहोरी गितहरु सार्बजनिक गरेर धेरै दर्सक श्रोताको मनजित्न सफल गायक महतले पछिल्लो एल्वम देसभक्तिपूर्ण गित सर्बजनिक गरेका छन् ।

महतले यसअघि ‘पानीजहाज’ बोलको गीत बजारमा ल्याएर धेरै दर्सक श्रोताको मनजित्न सफल भएका थिए । पानीजहाज गित सार्वजनिक सगै धेरै दर्सक श्रोताबाट देसभत्तिपूर्ण गितको लागी सुझाव आएसगै उनले उक्त गित सार्बजनिक गरेको बताए । गीतमा गायक महत को लय शब्द स्वर र गायिका पूर्णकला बिसीको स्वर रहेको छ । लोक भाकामा आधारित उक्त गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन । रेड एप्पल मिडिया प्रालिले बजार ब्यवस्थापन गरेको छ । गीत मार्फत नेपालीलाई एकतामा जोड्ने प्रयास महतले गरेका छन् । गीतको म्युजिक भिडियोमा पनि सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । हिन्दू, बौद्ध, मुसलमान र क्रिष्चियन सबै धर्मका मानिस यसको दृश्यमा समेटिएको छ । गितमा गायक महत र अभिनेत्री सरिता लामिछाने र युवराज खनालले मुख्य पात्रको रुपमा अभिनय गरेका छन । गितको काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पूर्वप्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले लोकापर्ण गरेका थिए ।

हेर्नुस् भिडियोः –

प्रतिक्रिया