एनआरएन नर्थ क्यारोलिना टाउनहल बैठक सम्पन्न

इनेप्लिज २०७३ मंसिर ३ गते १:२० मा प्रकाशित

unnamed-2

गत नोवेम्बर १२ तारिख नर्थ क्यारोलिना को मोरिसभिलको एक रेस्टुरेन्टमा एनआरएन नर्थ क्यारोलिनाको टाउन हल बैठक सम्पन्न भएको छ l कार्यक्रमको अध्यक्षता एनआरएन नर्थ क्यारोलिना का सभापति रेवती राज अधिकारीले गरेका थिए भने प्रमुख अतिथि एनआरएन युएसए का वरिष्ठ उपाध्यक्ष कृष्ण पोखेरेलले गरेका थिए l

त्यहाँ उपस्थित समाजका अगुवा तथा बिद्धवत वर्ग हरु संग सौहार्दता ,कार्यगत एकता ,समय समयमा पुनर्तार्जगी सभा सम्मेलन हुनु पर्ने कुरामा जोड दिएका थिए l उक्त कार्यक्रममा उपस्थित विद्धान एवं डा हरिहर भट्टराईले संस्थाले सधै नेपलिअहरुको हक हित को लागि स्वदेश तथा बिदेशका सरकारी निकाय संग कार्यगत एकता गर्नु पर्ने कुरा गरेका थिए l

unnamed

यस्तै गरि संस्थाका अध्यक्ष डा सुष्मा प्रधानले एन आर एन को गति बिधि सृजनात्मक तग्था जन्मुखिहुनु पर्ने कुरामा जोड दिएका थिए l सो कार्यक्रममा जन सम्पर्क समिति नर्थ क्यारोलिनाका सभापति डा चिरंजिंवी भट्टराईले यो संस्था पवित्र भावले सिर्जना भएकोले क्रियाकलाब पनि पवित्र एवं जन्कृतित हुनु पर्ने कुरामा जोड दिएका थिए l

यसै गरि नगेन्द्र नाथ न्यौपाने तथा डा ठाकुर कार्कीले एनआरएन लाई जहिले पनि उच्च र मर्यादित बनाउन पहल गर्नु पर्ने कुरामा जोड दिएका थिए l सो सभामा संस्था अध्यक्ष र उपाध्यक्ष लोकेन्द्र बहादुर चन्द्रले भावी क्रियाकलाब ,सदस्यता बढाउने ,टाउन हल बनाउने र रचनात्मक कार्यमा लागि रहने प्रतिबद्धता जाहेर गरेका थिए l

unnamed-1

श्रोताहरुको प्रश्नको जवाफ एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेलले जवाफ दिदै स्थानीय संस्था र एनआरएन को फरक बारेमा बताएका थिए l सो कार्यक्रम समाज सेवी रबिन्द्र कार्की ,राम कृष्ण वाग्ले ,राजन पौडेल ,मोहन बराल ,(जसस पूर्व अध्यक्ष ) ,मदन पहाडीले पनि संस्थाको हितमा भाव व्यक्त गरेका थिए l

एनआरएन नर्थ क्यारोलिना का महा सचिब डा खडक मान श्रेष्ठ र सदस्य राम कृष्ण चौलागाई ,सीता बराल को पनि उपस्थिति रहेको थियो भने एनआरएन युएसए का महिला कोअर्डिनेटर राधा पौडेल र बोर्ड अफ डिरेक्टर गोविन्द श्रेष्ठले पनि फोन बाट शुभ कामना संदेश पठाएका थिए l

प्रतिक्रिया