कविता -चट्ट मसला हो

इनेप्लिज २०७३ मंसिर २ गते २३:२५ मा प्रकाशित

6_rakesh

घर एउटा तसला हो

माया चट्ट मसला हो

संगै हुने कि छुट्टिने

दुबैको फैसला हो

जबसम्म गुलियो

तब माया चुलियो

आनन्दमै भुलियो

कता कता डुलियो

जब अलि अमिलो

तब माया धमिलो

अलि अलि ठाक्क ठूक्क

गुलियोमा कमिलो

रीस उठेपछि टर्रो

मुखै मुखबाट छर्रो

अलि धेरै तँ तँ म म

बोली नमिठो जर्रो

जब हुनथाल्छ पिरो

मुटुमा लामो चिरो

हिरोइन फर्किन एकातिर

अर्कोतिर फर्कियो हिरो

प्रतिक्रिया