बालबालिका बेचबिखन नियन्त्रणमा दुईदेशीय एकता

इनेप्लिज २०७३ मंसिर २ गते १०:५१ मा प्रकाशित

लुम्बिनी, २ मङ्सिर । नेपाल–भारत सीमा क्षेत्रमा बालबालिका ओसारपसार तथा बिक्री वितरण रोक्न सीमा क्षेत्रका दुईदेशीय अधिकारी एक भई काम गर्न सहमत भएका छन् ।

जिल्ला बाल कल्याण समितिको आयोजनामा आज रुपन्देहीको बेलहियामा सम्पन्न ‘बालबालिका बेचबिखनमा रोकथाम’ विषयक दुईदेशीय अन्तरसंवाद कार्यक्रमका दुबै देशका अधिकारीले सो सहमति जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले सीमा नाकामा भइरहेकोे अपराध नियन्त्रणका लागि सबैको एकता जरुरी रहेको बताउनुभयो ।

अन्तरसम्बादमा लुम्बिनी अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतका तर्फबाट प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले र भारतका तर्फबाट मानव सेवा संस्थानका राष्ट्रिय सचिव राजेश मणिले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमाथि नेपालका तर्फबाट सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष विष्णुप्रसाद शर्मा, थ्री एन्जल्सका नारायणप्रसाद दवाडी, सिद्धार्थ यातायातका अध्यक्ष सूर्यकुमार सारु, नेपाल–भारत मैत्री समाजका अध्यक्ष डा शान्ताकुमार शर्मा, र भारततर्फबाट नेपाल–भारत मैत्री समाजका राष्ट्रिय अध्यक्ष अनिल गुप्ता, हेल्पलाइन गोरखपुरका रवि यादव र श्रवण कुमारलगायतले टिप्पणी गनुभएको थियो ।

प्रतिक्रिया