अमेरिकामा जावलाखेलका चित्रकार केसी बिदेशी पत्र पत्रिकामा चर्चा परिचर्चामा

इनेप्लिज २०७३ मंसिर २ गते १:१५ मा प्रकाशित

rajendra-kc-4

काठमाडौँ जावलाखेल घर भएका नेपाली मूलका कलाकार /चित्रकार राजेन्द्र केसी अमेरिकाका संचार माध्यममा चर्चा तथा परिचर्चामा आउन थालेका छन्  l डीसी महानगर क्षेत्रमा स्थापना भएका नेपाली संचार माध्यममा पटक पटक छाई रहने कलाकार केसी डीसी क्षेत्रको बिदेशी पत्र पत्रिकामा पनि छाउन थालेका छन l

गत नोवेम्बर १ तारिखमा उनि संग भिभा टाइसन म्यागजिन नामक पत्रिकाले केसी एक सफल बिशाल अभिलाषा भएका कलाकार हुन् भनि प्रकाशित गरेको छ l नेपालमा जन्मिएर ,हुर्किएर अमेरिका सपरिवार साथ अमेरिकामा जीविका चलाई रहेका केसीले आफ्नो पेसालाई यहाँ पनि निरन्तरता गर्ने एक नेपाली भनेर बिदेशीलाई चिनाई दिएकोमा हर्ष व्यक्त गरेका छन् l उक्त पत्रिकाले केसीले कसरि आफु चित्रकलामा होमिएको भनि उक्त टाइसन पत्रिकाले लेखेको छ l

rajendra-kc-2

उनले अन्तर्वार्ता दिदै उनका भाईले कसरि आफुले बनाएको चित्र अन्तर बिद्यालय चित्रकला प्रदर्शनीमा तत्कालिन समयमा प्रथम हुदै ३ सय जितेको उल्लेख गरेका छन l आफुले बनाएको चित्र पुरष्कृत हुँदा आफुमा केहि रहेछ भनि आफुले पछि २ बर्ष चित्रकला पाठशालामा सिकेको समेत उल्लेख गरेका छन् l

सन् १९९६ देखि नै ब्यबसायिक चित्रकारिता पेशामा संलग्न भएका केसी अमेरिकामा केवल चित्रकलालाई मात्र अगाल्न नसकिने भन्दै अमेरिकामा पनि पेसालाई निरन्तरता दिन सकेकोमा गर्व गरेका छन् l

rajendra-kc-3

उनि हरेक हप्ता प्रत्यक्ष चित्र बनाउन घुमी रहन्छन भने उनले बनाएको चित्रकला पटक पटक सम्मानित भएको छ l केसी तेल रगं तथा जल रंग बनाउछन l प्रारम्भिक चरणमा नेपाल बाट अमेरिका आउदा आफु भित्र भएको सृजनालाई पस्कन नपाउदा उकुस मुकुस भएको बताउदै अमेरिकाको डीसी क्षेत्रको फल्स चर्च क्षेत्रका स्थानीय बिदेशी कलाकारहरुसंग हातेमालो गरे पछि आफु अगाडी बढ्न सरल भएको बताए l

केसी भन्छन नेपाली चित्रकारहरु बिदेशी नागरिक अमेरिकनहरूको तुलनामा कुनै कम नभएको बताए। पहिलो पटक ईनेपलिजले समाचार प्रकाशित गरेको भन्दै ईनेप्लिज लाई धन्यबाद नदिई रहन मिल्दैन भनेका छ l

rajendra-kc-1

उनको बारेमा उक्त भिभा टाइसन पत्रिकाले लेखेको बिस्तृत जान्न यहाँ थिच्नु पर्ने छ l

http://vivatysons.com/blog/2016/11/01/rajendra-k-c-a-prolific-artist-of-great-passion/

प्रतिक्रिया