‘लक्की चार्म’ उपन्यासको कभरमा तरकारीवाली कुसुमको तस्बिर राखिने –

इनेप्लिज २०७३ मंसिर १ गते १२:२८ मा प्रकाशित

sushma_swraj

घोराही । सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा सर्वाधिक चर्चाको विषय बनेकी तरकारीवाली कुसुम श्रेष्ठको तस्विर लक्की चार्म उपन्यासको कभरमा आउने भएको छ । चर्चित पत्रकार एवं साहित्यकार सविन प्रियासनको लक्की चार्म उपन्यासको कभरमा कुसुमको तस्विर राख्न लागिएको हो । आउँदो मंसिर महिनामा प्रकाशनको तयारी रहेको लक्की चार्म उपन्यासमा कुसुमको तस्बिर राख्न लागिएको उपन्यासकार प्रियासनले जानकारी दिनुभयो । प्रियासनका अनुसार यस विषयमा कुसुम श्रेष्ठ र उहाँका अंकल पदम श्रेष्ठसँग फोनबाट कुरा भएको छ । कुसुम र पदम श्रेष्ठले अनुमति दिएपछि उपन्यासमा कुसुमको तस्विर राख्न लागिएको जानकारी दिदैं प्रियासनले उपन्यासको नाम जस्तै कुसुकमको जीवन लक्की चार्म अर्थात चमकदार भाग्य बनेर देखा परेकाले कभरका लागि कुसुमलाई छानिएको हो । काठमाडौं स्थित बिएन प्रकाशन गृहले प्रकाशित गर्न लागि रहेको लक्की चार्म उपन्यास सकारात्मक सोँचसहित लेखिएको छ । प्रियासनले यस अगाडि तीनवटा उपन्यास, कथा संग्रह अनि सम्पादकीयको संग्रह प्रकाशित गरि सुक्नु भएको छ । उपन्यासका लागि कान्तिपुर साप्ताहिकका महेश प्रधानले कुसुमको तस्बिर खिचि सक्नु भएको छ भने कभर डिजाईन भइरहेको प्रियासनले जानकारी दिनुभयो । राप्ती साहित्य परिषद्को केन्द्रीय महासचिव, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्वर ५ का प्रमुख एवं नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार समेत रहनु भएका प्रियासनले दाङमा बसेर पत्रकारिता गर्दै आउनु भएको छ । उहाँले लगत्तै नम्रता, सेल्फी उपन्यास पनि निकाल्ने तयारी गरिरहनुभएको छ ।

प्रतिक्रिया