क्यानवेरामा अचार्य राजन शर्माको ‘आर्ट अफ ह्यापिनेस ‘कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ कार्तिक ३० गते ११:४२ मा प्रकाशित

aus-1

सिड्नी,अष्ट्रेलिया

अष्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाईटीको आयोजनामा अस्ट्रेलियाको राजाधानी क्यानवेरामा एक उर्जाशिल कार्यक्रम ” द आर्ट अफ हेप्पीनेस” भब्यताका साथ सम्पन्न भएको छ। १२ नोभेम्बर २०१६ शनिबार दिउंसो १:३० बजेबाट ४:३० बजेसम्म Huches Community Center, Canberra ,ACT मा भएको सो कार्यक्रममा मुख्य प्रेरक वक्ता सकारात्मक सोचको अभियन्ता आचार्य राजन शर्मा हुनुहुन्थ्यो । उहांले दैनिक कामको ब्यस्तता,चुनौतिपूर्ण जिम्वेवारी,हतारको जिन्दगीमा कसरि शान्ति र सुख प्राप्त हुन्छ,तनावलाई कसरि नियन्त्रण गर्ने भन्ने सकारात्मक उर्जाले भरिएको अभिव्यक्ति दिनुभएको थियो। सो कार्यक्रम लाई विभिन्न सेसन बाट प्रस्तुत गरियो।

दिउसो १:३० बजेबाट २:३० सन्म स्ट्रेस मेनेज्मेन्ट,लाफ्टर थेरापी योगा र हिलिङ्ग मेडिटेसन गरियो भने २:३० बजेबाट ३:१५ सम्म उत्प्रेरणा दायी प्रभाचन , सुख सुत्र भयो साथै ३:१५ बाट ४ बजे सम्म सुपर लर्निङ टेक्निक ,द माईन्ड पावर प्रिजेन्टेसन सेसन भयो।साथै ४ बजे बाट ४:३० सम्म प्रश्नोत्तर तथा अन्तर्कृया कार्यक्रम भएको थियो।

सो कार्यक्रममा सहभागि थूप्रै महानुभावहरुले यस्तो कार्यक्रम सदैव हुनुपर्नेमा जोड दिएका थिए।”द आर्ट अफ हेप्पीनेस” बाट आफ्नो जीवनलाई सकारात्मक रुपान्त्रण को निम्ती फाईदा पुग्ने बताएका थिए।स्वास्थ्य जीवन कसरि जीउने,जीवनमा आत्मविश्वासलाई कसरि वृिद्धि गर्ने,जीवनको वास्तविक उदेश्ये के रहेछ,भन्ने जस्ता जीवनउपयोगि प्रवचवबाट सहभागिहरुले लाभ प्राप्त भएको बताए।

आचार्य राजन शर्मा सो अवसरमा रोग अनुसारको योग आसन , जीवन परिवर्तन गराउने विभिन्न सुत्रहरू, हास्यं योग , उत्प्रेरणा मुलक प्रवचन गर्दा सहभागीहरू स्तब्ध हुनु भएको थियो । सहभागी मध्एका एक विदुर पौडेल बताउनुहुन्छ ‘जीवन मा विभिन्न कार्यक्रममा सहभागी भईयो तर यस्तो उपलब्धी मुलक कार्यक्रमा कहैल्यै देखेको थिएन ‘। आयोजक मध्येका एक आदर्श जङ पाण्डे बताउनुहुन्छ ‘ यो अत्यन्तै रोचक , ज्ञान वर्द्दक ‘कार्यक्रम थियो , जसले छुटाउनु भयो उहांलाई पछुतो भएको छ , अर्को पटक हामी छिट्टै फेरि यस्तै कार्यक्रम गर्दै छौं ।

निशुल्क प्रवेश रहेको सो कार्यक्रमलाई सफल बनाउन सोसाइटिका महासचिव आदर्श जङ्ग पान्डे , वरिस्ठ सामुदायीक अगुवाहरू होम मुर्ति पन्त र कृष्ण हमाल , युवराज खनिया , विदुर पौडेल , विदुर प्रसाद सापकोटा लगायतले विशेष सहयोग पुर्‍याउनु भएको थियो ।

प्रतिक्रिया