महिनाको एउटा नेपाली सिनेमा अमेरिकामा प्रदर्शन गर्ने

इनेप्लिज २०७३ कार्तिक २९ गते ७:२६ मा प्रकाशित

img_4547

महिनाको एउटा नेपाली सिनेमा अमेरिकामा प्रदर्शन गर्ने तालिका बनाएको समुह 3 E entertainment ले नै अमेरिका र क्यानेडामा प्रदर्शन जिम्मा लिएको समुहका एक संयोजक रोशन  पुरीले enepalese.com संगको कुराकानी मा बताउनु भएको छ ।

नेपाल, अष्ट्रेलिया र दुबईमा छायांकन गरिएको चलचित्र “द विनर” अमेरिका मेरिल्याण्डको ग्रिनबेल्ट र भर्जिनियाको फल्स चर्चमा “अमेरिका प्रिमियर” प्रदर्शन यहि नोभेम्बर महिना भित्र गरिन लागेको पुरीको दाबी छ । उनले मिति तय गरेर फेरी दर्शकहरुलाई जनाकारी गराउने बताएका छन् । संयोक परीका अनुसार यो सिनेमा अन्य नेपाली सिनेमा भन्दा मेकिंगमा उत्कृष्ट आफूहरुलाई लागेको बताउछन् । उनका अनुसार आफु र आफ्नो टिमलाई यो सिनेमा निर्माण शैली कुनै हलिउड सिनेमा भन्दा कमी नभएको बताछन् । यस अघि यही समुहले नेपाली चलचित्र छक्का पञ्जाको प्रदर्शन अमेरिका र क्यानेडामा मा सम्पन्न गरेको थियो ।

प्रदर्शन गर्न लागिएको चलचित्र “द वीनर” मा महेशमान श्रेष्ठ, मनचिन शाक्य, मलिना जोशी, रोयल मास्के, राजकुमार पन्त, अमित गिरी, रेसु तामाङ, पुजा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । अष्ट्रेलिया, दुबई र नेपाललाई उच्च स्तरिय प्रविधीमा खिचिएको चलचित्रको बजेट साढे २ करोड बताइएको छ ।

सिनेमा प्रदर्शन गर्दै आएको यो   3 E entertainment आगामी मार्च-अप्रीलमा अमेरिकामा ग्लोबल नेपाल फेस्ट-१७ को पनी आयोजना गर्ने तालिका सार्बजनिक गरेको छ । “3 E entertainment” को तालिका अनुसार ग्लोबल नेपाल फेष्ट-२०१७ अमेरिकाको वासिंगटन डिसी, बोस्टन, मेरील्याण्ड र न्यूयोर्क शहरहरुमा आयोजना गर्न लागिएको छ । उक्त फेस्टिभलमा नेपाली सांगीतिक कलाकाहरुको पनी उपस्थिती रहने रोशन पुरीले enepalese.com संगको कुराकानीमा अबगत गराएका छन् ।

 

Screening of the Nepali action movie
THE WINNER

 

 

NOV 20 @ 2:00 PM DC Cinema-Falls Church, VA
Nov 20 @ 7:30 PM Old Greenbelt Theater- Greenbelt, MD
Dec 04 @ 2:00 PM Manassas 4 Cinemas- Manassas, VA

 

 

Ticket Price : $10

BUY TICKET NOW

 

unnamed

प्रतिक्रिया