युरोपका नेपालीद्धारा प्रथम विश्व युद्धमा विरगति प्राप्त विर गोर्खाली प्रति श्रद्धान्जली व्यक्त

इनेप्लिज २०७३ कार्तिक २८ गते २०:३६ मा प्रकाशित

ieper5

प्रथम विश्व युद्धको अन्त भएको अवसरमा ११ नोवम्वरको दिन विश्वमा विविध कार्यक्रमको आयोजन गर्ने गरिन्छ । यसै क्रममा वेल्जियममा रहेका नेपालीहरुले स्थानिय इपर सहरमा आइ विरगति प्राप्त गर्ने नेपालीहप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन ।

इपरमा प्रथम विश्व युद्धमा लाखौले ज्यान गुमाएका थिए । जसमा केही नेपाली मुलमा गोर्खाली सैनिक समेत छन । संस्थागत रुपवाट नेपालीहरु इपरमा आइ श्रद्धान्जली कार्यक्रम गर्दै आइरहेका छन । सन द्दण्ण्घ मा विश्व गार्खाली जनजाती संघको तर्फवाट सो क्षेत्रमा श्रद्धान्जली कार्यक्रम शुरुवात गरिएको थियो । मा यसलाई निरन्तरता तमु समाजले गरेका थियो । केही समयको लागि रोकिएको यो कार्यक्रमलाई पछिल्लो अवस्थामा तमु समाज वेल्जियमको अगवाइमा वेल्जियममा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा श्रद्धान्जली कार्यक्रम गरिदै आएको छ ।

वेष्ट भ्लान्डरणका नेपालीहरुको सकृयतामा तत्कालिन परराष्ट मन्त्री सुजाता कोइरालाले इपर भ्रमण गरेपछी इपर चर्चा चुलिएको थियो । तत्कालिन एन आर एनको पहलमा नेपाली दुतावास वेल्जियमका तत्कालिन महामहिम प्रमेश कुमार हमालले इपरमा आइ विरगति प्राप्त नेपाली वारेमा अध्ययन गर्न एक समिती गठन गरेका थिए । जसमा दुतावासका तर्फवाट कुमारराज खरेल र एनआर एन वेल्जियम र वेल्जिममा रहेका नेपालीको तर्फवाट क्रमश अर्जुन कुमार श्रेष्ठ युवराज गुरुग र महेश थापा रहेका थिए । सो समितीको पहल पछी कमनवेल्थ ग्रेभस कमिटीले आफनो वेवसाइटमा रहेको विरगति प्राप्त गोर्खालीको राष्टियता सच्याएको थियो । यसअधि राष्टियता भारत लेखिएको थियो ।

ieper3

सोही समितीको सिफारिसमा इपरमा स्मारक वनाउन पहल गर्नु पर्ने जनाएपछी महामहिम राजदुत हमालले सकृयता देखाउदै स्मारक निमाणको लागि इपर प्रशासनवाट जग्गा स्वीकृति लिएका थिए ।

इपरमा स्मारक कस्ले वनाउने भन्ने विवाद उत्पन्न भएपछी तत्कालिन राजदुत राममणी पोखरेलले कसैलाई जानकारी नदिइ एकलौटी रुपमा स्मारक निमाण गरेका थिए । नेपालीहरुको विभिन्न विरोध पश्चात निमाण गरिएको सो स्मारक विभिन्न पटक भत्काइ पुन निमाण गरिएता पनि नेपाली समाज र नेपाली दुतावास वेल्जियम विचको खाडल भने निकै वढेको थियो । केही नजिकका व्यक्तीको सहभागितामा तत्कालिन राजदुत पोखरेलले स्मारक अनवरण गरे । तर उनको यो कदमलाई अधिकास वेल्जियमका नेपालीले साथ दिएनन ।

गत वर्ष झै यो अभियनलाई निरन्तरता दिदै तमु समाज वेल्जियमले यो वर्ष पनि इपरमा श्रद्धान्जली कार्यक्रमको आयोजना गर्यो । आज भएको श्रद्धान्जली कार्यक्रममा वोल्दै विश्व गार्खाली जनजाती संघको तत्कालिन अध्यक्ष र हाल कास्की समाज वेल्जियमका अध्यक्ष गम वहादुर गुरुगले गार्खालीले नेपालमा रेमिटेन्सको सुरुवात गरेका भएपनि सरकारले अझै गोर्खाली समस्यामा सम्वोधन नगरेकोमा नेपाल सरकारप्रति ध्यानकषण गराए । इपर अध्ययन समितीका सदस्य तथा पत्रकार महासघ युरोपका तत्कालिन अध्यक्ष एव वर्तमान सम्रक्षक महेश थापाले इपर स्मारक निमाण पछी वढेको नेपाली समाज र दुतावासको दुरीलाई समाप्त गरिनु पर्ने जनाए ।

ieper1

यसै गरि एन आर एन वेल्जियमका अध्यक्ष गंगाधर गौतमले इपर अभियानमा एन आर एन सवै संघसंस्था संग सहकार्य गर्दै अगाडी वढने जनाए । उनले वेल्जियममा रहेको नेपालीहरुको तर्फवाट विरगती प्राप्त नेपाली प्रति श्रद्धान्जली व्यक्त गरे ।

नेपाली दुतावास वेल्जियमका राजदुत लोक वहादुर थापालले आफनो पुर्खा समेत गोर्खाली सैनिकमा कार्यरत रहेको स्मरण गर्दै अव दिन वेल्जिमममा रहेको सवै नेपाली संग सहकार्य गर्न दुतावास तत्पर रहेको जनाए । उनले इपर स्मारकले नेपालीत्व जनाउने हुदा यसको सम्वर्धन र व्यवस्थापन गर्न नेपाली संघसंस्था संग सहकार्य गर्दै अगाडी वढने वताए ।

कार्यकम आयोजक तमु समाज वेल्जियमका अध्यक्ष जिवन तमले कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै यो कार्यक्रमलाई तमु समाजले सधै निरन्तरता दिने जनाए । कार्यक्रममा इपरमा देह त्याग गरेका ज्ञात अज्ञात नेपाली मुलका सैनिक प्रति एक मिनेट मौन धारण गर्दै उपस्थित सयौ नेपालीहरुले फुल अपण गरिका थिए ।

प्रतिक्रिया