साहित्यकार दामोदर पुडासैनी लाई अभिनन्दन

इनेप्लिज २०७३ कार्तिक २८ गते १२:४० मा प्रकाशित

damodar-3

भक्तपुर, २७ कार्तिक २०७३,वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरको एक भव्य समारोहका बिच हार्दिक अभिनन्दन गरिएको छ ।अभियान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बानेश्वरको आयोजनामा भक्तपुर सल्लाघारीमा पुडासैनीको अभिनन्दन गरिएको हो।

सो अवसरमा प्रमुख अतिथि डा.चिन्तामणि योगी र सभाध्यक्ष एवं अभियान वहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष वासुदेव खत्रीले पुडासैनीलाई अभिनन्दन पत्र, दोसल्ला एवं फुलमाला अर्पण गरी अभिनन्दन गरेका थिए । प्रमुख अतिथि डा. योगीले वरिष्ठ साहित्यकार पुडासैनीका सिर्जनात्मक कृतिहरुले मानवीय मूल्य र मान्यतालाई उचाईतर्फ उन्मुख गराएकाले उहांको अभिनन्दन गरिएको वताउनु भयो ।

सभाध्यक्ष वासुदेव खत्रीले पुडासैनीका कृतिहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्यातीप्राप्त गरेको र उहाँका सिर्जनाहरुले जीवन र जगतलाई फरक मार्गमा पारिभाषित गर्न सफल भएकोले अभिनन्दन गरिएको कुरा बताउँनु भयो ।

बरिष्ठ साहित्यकार पुडासैनीले यस किसिमको अभिनन्दनवाट सिर्जनशील कार्यमा अघि बढन थप प्रेरणा जागेको कुरा बताउनु भयो । साहित्यकार, कलाकार उद्योगी, गृहिणी, कर्मचारी लगायत समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको ठूलो जनराशीको उपस्थितिमा पुडासैनीको अभिनन्दन गरिएको थियो । सो अवसरमा साहित्यकार एवं समाजसेवी बिनोद पौडेलले पुडासैनीका आफन्तका अनुहारहरु आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा समयको सहीछाप, पहाड र प्रेम, यात्राका पे्रेमिल तरङ्गहरु, नमेटिएका चित्रहरु, मायालु हुम्ला, सिमानाका रङ्ग सिमानाका तरङ्ग र धर्मको ह्याङओभर जस्ता कृतिहरु पाठकले औधी रुचाएका कुरा बताउनु भयो ।

damodar-1

उहाँले पुडासैनीका नमेटिएका चित्रहरु नियात्रा कृतिले अन्तराष्ट्रिय सर्वोत्कृष्ठ पुस्तक पुरस्कार,२०१५ र वि.सं.२०७० सालको उत्तम शान्ति पुरस्कार प्राप्त गर्न सफल भएको र सिमानाका रङ्ग सिमानाका तरङ्ग नियात्रा वि.सं.२०७२ सालको उत्कृष्ठ कृतिकोरुपमा चुनिएको प्रसंग पनि उल्लेख गर्नु भयो ।

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरलाई यसअघि यसै वर्ष पनि म्याग्दीमा धवलागिरी अञ्चलका विभिन्न साहित्यिक तथा सामाजिक संस्थाहरुले अभिनन्दन गरेका थिए ।

प्रतिक्रिया