मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १७:४२
वासिङटन डिसी 06:57

फिल्म खेल्न अस्वीकार गरिन् ‘तरकारीवाली’ कुशुमले

इनेप्लिज २०७३ कार्तिक २६ गते १०:३० मा प्रकाशित

tarkariwali-kushum

काठमाडौं । सामाजिक सञ्जालबाट चर्चामा आएकी ‘तरकारीवाली’ गोरखाकी कुशुम श्रेष्ठले फिल्म खेल्नका लागि आएको प्रस्ताब अस्वीकार गरेकी छन् । तरकारी बोकेको तस्विरबाट सामाजिक सञ्जाल हुँदै एकाएक सञ्चारमाध्यमबाट चर्चाको शिखरमा पुगेकी कुशुमले सबैको अपेक्षा र चाहनाअनुसार अहिले नै फिल्म खेल्ने नचाहेको बताइन् । एकाएक चर्चामा आएकी कुशुमलाई ‘लम्फु’ नामक फिल्म निर्माण टिमले खेलिदिन प्रस्ताव गरेको थियो । तर, उनले ‘मलाई चर्चामा ल्याएको समाजिक संञ्जालमा तत्काल फिल्म नखेल्न सुझाब आएकाले’ अहिले योजना नबनाएको स्पष्ट पारिन् । कक्षा १२ मा अध्ययनरत कुशमले उच्च शिक्षा पूरा गरिसकेपछि फिल्म क्षेत्रमा आउनेबारे सोच्ने बताइन् । ‘मेरो इच्छा त फिल्मी क्षेत्र नै हो । तर, पहिला पढाइ सक्छु,’ उनले भनिन् । व्यवस्थापन संकाय पढिरहेकी कुशुमले फिल्म नखेलेपछि ‘लम्फु’ फिल्म युनिटले उच्च शिक्षामा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको छ । फिल्मका निर्माता शक्तिबल्दव घोरासैनीले कुशुमलाई कक्षा १२ मा पढाउन र बीबीएस पनि पढाउन सहयोग गर्ने र त्यसका लागि उनले फिल्म खेल्न नपर्ने बताए ।

प्रतिक्रिया