अमेरिकामा मह जोडीले म्ह पूजा यसरि गरे

इनेप्लिज २०७३ कार्तिक २० गते ११:१८ मा प्रकाशित

img_5692नेवा: समुदायको स्थापित गैर मुनाफा सामाजिक संस्था नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)द्वारा मेरील्याण्ड राज्यको सिल्भर स्प्रिंग को एक बिद्यालयमा आयोजित म्ह पूजा कार्यक्रममा मह जोडीले आफ्ना परिवार साथ म्ह पूजा गरेका छन् l

गत नोवेम्बर ४ तारिखमा सम्पन्न उक्त म्ह पूजामा डिसी महानगर क्षेत्रका नेवा समुदाय को साथै अन्य थर तथा जातीका नेपाली समुदायले समेत म्ह पूजा गरेका छन् l एनपीपीए को रजत जयन्तको अवसरमा अमेरिका आएका मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )ले आज नोवेम्बर ५ तारिख बिशेष प्रस्तुति गर्ने छन् l

img_5660-copy

मदन कृष्ण श्रेष्ठले यस अगाडी पनि अमेरिकामा म्ह पूजा मनाई सकेको भन्दै यसको महत्व बारे जानकारी दिए l यसै गरि हरि बंश आचार्यले अमेरिकामा पहिलो पटक म्ह पूजा गरेको भन्दै आफुले बिगतमा पनि नेपालमा म्ह पूजा गरेको बताए l आचार्य आफ्नी पत्नी रमिला आचार्य संग आएका छन् भने मदन कृष्ण श्रेष्ठ कि छोरि अमेरिकामा रहेकीले उनि पनि आफ्ना पितालाई साथ दिएकी थिइन् l

कार्यक्रममा संस्थाकी अध्यक्ष सरोज प्रजापतिले सबैलाई स्वागत गरेकी थिइन् भने कार्यक्रमको लागि अमेरिकाका बिभिन्न राज्यहरु बाट यहि कार्यक्रमको लागि आएका थिए l

img_5695

म्ह पूजा पछि सांस्कृतिक साँझको पनि आयोजना गरिएको थियो l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र ( एनईसीसी) को देउसी टोलिले सांस्कृतिक कार्यक्रममा देउसी भैलो खेलेको थियो भने यसको नेतृत्व खिलेन्द्र न्यौपानेले गरेका थिए l

एनईसीसीको देउसी भैलोको समन्वय संचार कर्मी परशु तिमिल्सिनाले गरेका छन् भने नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रले खेलेको देउसी भैलोमा मह जोडीले समेत सहभागिता जनाई देउसी अमेरिकामा पहिलो पटक खेलेका छन् l

img_5681 img_5664 img_5745 img_5716 img_5719 dsc09476 dsc09470

प्रतिक्रिया