चलचित्र परदेशीको उमंग अपार भव्यताका साथ दोस्रो हप्तामा प्रवेश

इनेप्लिज २०७३ कार्तिक १९ गते १२:२८ मा प्रकाशित

14908355_10210013592569392_4131716859765880619_n

काठमाडौं । नेपालीहरुको उमंगको पर्ब तिहारको छेको पारेर यहि कार्तिक १२ गते देखि देश भरका सिनेमा भवनमा प्रदर्शन सुरु गरेको चलचित्र परदेशीको “उमंग” ले राम्रो व्यापार गर्दै आज बाट अपार भब्यताको साथमा दोश्रो हप्तामा प्रवेश गरेको छ l परदेशीको कथा बोकेको चलचित्रले दर्शकहरुको मन जितेर आशुको वर्षा समेत गरेको छ l चलचित्र हेरिसकेपछि दर्शकहरुले चलचित्र निकै नै राम्रो बनेको प्रतिक्रिया दिएका छन् l चलचित्रको कथाबस्तु अधिक मन छुने रहेको र चलचित्रको प्रस्तुतिको साथमा कलाकारहरुको अभिनय पनि धेरै राम्रो रहेको कुरा दर्शकहरुले बताएका छन् l चलचित्र प्रतिको यस्तो सकारात्मक प्रतिक्रिया पाउदा निर्माण पक्ष भने पनि दङ्ग रहेको छ l चलचित्र परदेशीको ‘उमंगले दर्शकहरुलाई रुवाएको छ भने दोश्रो हप्तामा पनि सम्पूर्ण राजधानी र राजधानी बाहिर मोफसलमा रहेका चलचित्र भवनहरुहाउसफुल भएका छन l

ग्रामिण परिवारको एक युबक कसरि आफ्नो भबिष्य निर्माण गर्न शहर हुदै खाडी मुलुकमा पुगेर संघर्ष गर्छ आफ्नो घर परिवारको चाहना पुरा गर्न, अनि कस्तो कस्तो दुख पिडा भोग्दै नेपालीहरु खाडी मुलुक परदेशमा आफ्नो दुखका दिनहरु कटाइरहेका हुन्छन भन्ने कुरालाइ चलचित्र मार्फत देखाउन खोजिएको चलचित्र नेपालीहरुको यथार्थता बाध्यता र पीडालाई चलचित्रले प्रस्तुत गरेको छ ।चलचित्रको कथा बस्तु देखि गित, संगीत, नृत्य र अभिनय सबै पक्ष सबल छन भने यथार्थ परक चलचित्र बनेको हुदा पनि चलचित्र उमंग हेर्नलाई दर्शकहरुको भिड जम्मा भएको छ l दिपावलीको सुरु संगै देश भरका चलचित्र भवनहरुमा प्रदर्शन भएको चलचित्र परदेशीको उमंग १२ गते शुक्रबार काग तिहार बाट देश भरका सिनेमा भवनमा भब्यताको साथ प्रदर्शन सुरु भएको हो l

विदेशिनु बाध्यता बनेको नेपाली समाजमा विदेशिनुको पीडालाई पर्दामा उतारिएको फरकधारको चलचित्र उमंग शुक्रबार १२ कार्तिक बाट प्रदर्शन भएको हो । धन कमाउने सुन्दर सपना बोकेर विदेशिनु बाध्य नेपाली युवायुवतीको कथालाई समेटेर बनाइएको कथाले पीडाहरूलाई उजागर गरेको फिल्मका निर्देशक शिव शर्माले बताए । शिव शर्माको यो डेब्यु निर्देशन हो ।निर्देशक शर्माले फिल्मको पात्रहरूले कथालाई भरपुर न्याय दिलाएको भन्दै यसले कुनै पनि मानेमा दर्शकको मन जित्ने बताए त्यहि कारणले गर्दा अहिले चलचित्रले दर्शक हरुको मन जित्दै गएकोमा उनि खुसि पनि छन । सगरमाथा फिल्मसको प्रस्तुतिमा कुमार बिसीले निर्माण गरेको चलचित्र परदेशीको ‘उमंग’मा रहेको कथाले हेरक दर्शकहरुको मन छुने तथा यथार्थमा आधारित बहुप्रतिक्षित चलचित्र भएको कारणले गर्दा पनि चलचित्रप्रेमी हरुको रोजाईमा पर्दै गएको छ l

कार्तिक १२ गते शुक्रबार देखि प्रदर्शन सुरु भएको चलचित्र हेर्ने सबै दर्शकले एउटा राम्रो नेपाली चलचित्र बनेको प्रतिक्रिया दिएका थिए भने धेरै पछि एक यथार्थ परक चलचित्र हेर्न पाएकोमा खुसि पनि ब्यक्त गरे ।निर्देशक शर्माका अनुसार उमंगलाई एउटा पृथक नेपाली चलचित्र बनाउने कोशिस गरिएका कारण सबैदर्शकहरूको मन जितेको छ । नेपालमा रोजगारी नपाएर विदेश पलायन भएको युवा वर्गको कथालाई समेटेर बनाइएको चलचित्रमा आफ्नै कथा समेटिएको निर्माता तथा नायक कुमार बिसीले बताए ।

उनले भने आफु विदेशमा रहँदा भोगेको र देखेको विषयनै कथाको मुख्य सार भएकाले ‘परदेशीको उमंग’ यथार्थ घटनामा आधारित चलचित्र भने पनि फरक नपर्ने बताए । चलचित्र उमंगमा बिनिता बराल, कुमार बि.सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी, राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनय रहेको छ ।बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुनपोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि. शि.तथा अक्कि शर्मा को रहेको छ ।रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेर बिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तुलाइ चलचित्रको कथा बनाएका कुमार बि.सी. नै चलचित्रकानिर्माता हुन ।

प्रतिक्रिया