नेपाली साहित्य समाज क्यानाडाको लक्ष्मी जयन्तीसहित नयाँ कार्यसमिति गठन

इनेप्लिज २०७३ कार्तिक १६ गते १०:१० मा प्रकाशित

विशाल टोरोन्टो क्षेत्रमा साहित्य गतिविधिलाई निरन्तरता दिन २००४ को वसन्त पञ्चमीका दिन स्थापना भएको नेपाली साहित्य समाजले स्थापना कालदेखि नेपाली भाषा साहित्यको संरक्षण र संवद्र्धन गर्दै क्यानाडामा साहित्य गतिविधिलाई निरन्तरता दिदै आएको छ । नेपाली साहित्यका महारथीहरुको जन्मजयन्तीसँगै विभिन्न चरणमा नेपालबाट आउनु भएका साहित्यकारहरुको सम्मानकार्य सम्पन्न गर्दै आएको छ । समाजले क्यानाडाका काव्यकारहरुका अभिव्यक्तीलाई एउटै चौतारीमा ल्याएर क्यानाडाको काव्य सुसेलीको प्रकाशनबाट लिएर पहिलो उत्तर अमेरिका काव्य संगमको आयोजना सफतला पूर्वक गरेरे थियो । नेपाली साहित्य समाजले क्यानाडाभरी साहित्यिक गतिविधिलाई एकरुपताका साथ निरन्तरता दिने उद्देश्य राखेर नेपाली साहित्य समाज क्यानाडाको नामबाट नियमानुसार दर्ता गर्ने कार्य शुरु गरेको छ र अर्को साहित्यिक कार्यक्रममा दर्ता भईसक्ने छ । आदिकवि भानुभक्तको जन्म दिवस् मनाउने क्रमममा साहित्यकार र खेलाडीहरुकाबीचक रोमञ्चकारी फुटवल प्रतियोगिता र कवितावाचन कार्यक्रमको आयोजना गर्दै आएको समितिले द्यौसीभैलो कार्यक्रमको पनि आयोजना गर्दै आएको छ ।

गत शनिवार समितिले लक्ष्मी जयन्तीसँगै आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरी नयाँ कार्यासमिति चयन गरेको छ । नेपाली साहित्य समाज, क्यानाडाको निवर्तमान अध्यक्ष रमेश थापाको अध्यक्षमा सम्पन्न कार्यक्रम निवर्तमान सचिव रविन थपलियाले महाकवि देवकोटाको जीवनका रोचक घटनाहरुको जानकारीसहित संचालन गर्नु भएको थियो । डा. तुलसी धरेलको स्वगत मनतव्यबाट शुरुभएको कार्यक्रममा विभिन्न नेपाली संस्थाहरु गैरआवासीय नेपाली संघ, क्यानाडा, एनसिएनसि, एनसिसिएस, बाग्लुङ्ग सेवा समाज आदिबाट प्रतिनिधित्व भएको थियो । कार्यक्रममा गोपीकृष्ण काफ्ले र डा. गोबिन्द रावतले देवकोटाको साहित्यिक व्यक्तित्वका बारेमा प्रकाश पार्नु भएको थियो भने निवर्तमान महासचिव डा. विष्णु गौतम र निवर्तमान कोषाध्यक्ष लीलानाथ पाण्डेले वार्षिक प्रतिवेदन र आयव्ययका बारेमा जानकारी गराउनु भएको थियो । सभाध्यक्ष रमेश थापाले विगत दुई वर्षमा समाजले गरेका महत्वपूर्ण कार्यहरुका बारेमा जानकारी गराउनु भएको थियो । । संचालित नेपाली साहित्य समाजलाई क्यानाडाको एउटै साहित्यिक चौतरी बनाएर लैजाने उद्देश्य राखेर यसको दर्ता कार्य शुरुभएको हो । यसलाई व्यापकता दिन क्यानाडाभरीबाट प्रतिनिधित्व रहने गरी नयाँ कार्यसमिति गठन गरिएको छ । डा. गोबिन्दसिंह रावतको अध्यक्षतामा गठन गरिएको समितिमा श्रृजना लम्साल (आचार्य) उपाध्यक्ष, रविन थपलिया महासचिव रहेका छन् । अरु कार्यसमितिको विभाजन पछि गरिनेगरी समितिका सदस्यहरुमा विशाल टोरोन्टोबाट मुक्ती गौतम, अनुप न्योपाने, राधिका अर्याल, प्रदिप पौडेल, हरी लम्साल, लीलानाथ पाण्डे, अच्युत काफ्ले, मोहन खरेल र डा. श्याम खनाल रहनु भएको छ । त्यस्तै क्यालगरीबाट ऋषी बस्ताकोटी, एडमण्टनबाट रामकृष्ण शर्मा र ईश्वर खत्री, भ्यानकुभरबाट मानकाजी, अटवाबाट सुरेन उप्रेती रहनु भएका छन् । समाजको सल्लाहकारमा गोपीकृष्ण काफ्ले, डा. तुलसी धरेल र रमेश थापा रहेका छन् ।

प्रतिक्रिया