कोलोराडोमा विश्व नेपाली चलचित्र पुरस्कार समारोहको भब्य तयारी

इनेप्लिज २०७३ असोज २८ गते १:३३ मा प्रकाशित

award-poster-design-w-website

अमेरिकाको कोलोराडो राज्यको डेनभरमा आगामी तिहार तथा छठ पर्व पछि कार्तिक २७ गते तदनुसार नोवेम्बर १२ तारिखमा ग्लोबल नेपाली फिल्म अवार्ड नामक कार्यक्रमको आयोजना हुने भएको छ l

चलचित्र सम्बन्धि पुरस्कार समारोह अधिकांश रुपमा मुलुक भित्र मात्र मात्र हुने गरेको हुनाले नेपाली चलचित्र लाई विश्व सामु चिनाउने मुख्य ध्येयले अमेरिकामा पहिलो पटक कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् l

उक्त समारोहलाई बिशेष सफलता पुर्वक सम्पन्न गर्न एक बत्तीस सदस्यीय मूल समिति तथा अन्य बिभिन्न समिति तयार गरिएको छ l समितिका पदाधिकारीहरु कार्यक्रममा कुनै कमि कम्जोर नहोस भन्नको खातिर अहोरात्र काम गरि रहेको समारोहका संयोजक कलाकार तथा नायक नबराज श्रेष्ठले बताए ।

उक्त समारोहमा उत्कृष्ट चलचित्र ,उत्कृष्ट नायक तथा नायिका, सह नायक तथा नायिका, वर्ष हास्य कलाकार, निर्देशक, जीवनकाल कार्यसिद्धि पुरस्कार समेत गरि आठ ओटा विधामा प्रदान पुरस्कार गरिने भएको छ l

समारोहमा नायक शिब श्रेष्ठ ,नायक कृष्ण मल्ल ,नायक निर शाह ,नायक सुनिल थापा ,नायिका शर्मिला मल्ल ,कलाकार बसुन्धरा भुसाल ,संगीत निर्देशक सम्भुजित बास्कोटा ,नृत्य निर्देशक बसन्त श्रेष्ठ ,नायक तथा निर्माता मधु श्रेष्ठ आदी आउने भएका छन् l

यसै गरि समारोहमा चलचित्र निर्देशक सुदर्शन थापा ,नायिका अशिस्मा नकर्मी ,नायिका पूजा शर्मा ,नायिका यूना उप्रेती तथा नायिका नन्दिता केसी ,नायक गणेश उप्रेती ,नायक विक्रान्त बस्नेत ,चलचित्र बोर्डका अध्यक्ष राज कुमार राई ,चलचित्र कलाकार संघ नेपालका अध्यक्ष राम किसर बगोटी ,चलचित्र निर्देशक उदय सुब्बा ,चलचित्र निर्देशक श्याम भट्टराई ,वरिष्ट चलचित्र उत्पादन नियन्त्रक गेहेन्द्र धिमाल आउने भएको जानकारी प्राप्त भएको छ l कार्यक्रममा अमेरिका, नेपाल र विश्वका अन्य क्षेत्रमा रहेका कलाकारहरूको विशेष उपस्थिति रहने आयोजकले जानकारी दिएका छन् l

उक्त कार्यक्रमको लागी वितरक प्रदिप उदय ,संचारकर्मी सरोज केसी ,चलचित्र निर्देशक नारायण पुरी ,निर्माता काजी सुमन बिष्ट ,कलाकार नारायण त्रिपाठी ,नायिका सारंगा श्रेष्ठ आउने छन् भने कार्यकममा बिशेष अतिथिमा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की ,महाबाणिज्य दुत प्रेम राजा महत ,क्यालिफोर्नियाका बाणिज्य दुत ऋषि ढकाल तथा अमेरिकाका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहने भएको छ l

कार्यक्रम नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजन र बिआरटिनेपाल डटकमको सयुक्त आयोजनामा हुने भएता पनि थुप्रै संघ ,संस्था तथा संचार माध्यमले सहभागिता जनाउने भएका छन् l

कार्यक्रम कोलोराडोको ब्रुमफिल्ड सभामंड़पमा हुने छ भने बासको व्यवस्थाको लागि रमादा नामक पाहुना घरमा अग्रिम रुपमा आफ्नो लागि कोठा आरक्षण गर्न सकिने आयोजकले बताएका छन् l कार्यक्रम संयोजक नवराज श्रेष्ठले सबैलाईअग्रिम रुपमा कोठा लिन आग्रह गर्दै अमेरिका रहेका सबै नेपाली समुदायलाई समर्थन गर्न बिशेष अनुरोध गरेका छन् l

navraj-1

प्रतिक्रिया