बेलायतमा दशैं कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ असोज २४ गते ११:१४ मा प्रकाशित

unnamed-3

लन्डन, ९ अक्टोबर, २०१६

वाट्फोर्ड नेप्लिज कम्युनिटीले बेलायतमा दशैंको शुभकामना आदानप्रदान कार्यकक्रमको आयोजना गर्यो । वाट्फोर्डमा बस्ने नेपालीहरुको उक्त कार्यक्रममा उल्लेखनिय सहभागिता रहेको थियो ।

नेपाली समाजका जेष्ठ सदस्य अंशिलाल गुरुङ्गले पानसमा बत्ति बालेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
संस्थाका अध्यक्ष मुकुन्द गुरुङ्गले नेपाली भाषा संस्कृतिको सरंक्षण र सम्वद्र्धनमा लागेको संस्थाको गतिविधि माथि प्रकाश पार्नु भएको थियो । उहाँले विदेशमा रहेका नेपालीहरुलाई भावनात्मक एकतामा बाँध्ने नेपालीहरुको चाड नै दशैं भएको बताउनु भयो ।
उक्त कार्यक्रम संस्थाका कोषाध्यक्ष लेख गुरुङ्ले संचालन गर्नु भएको थियो ।

नेपाली खानाका विभिन्न परिकारहरु, नेपाली गीत र नृत्यले कार्यक्रममा रौनकता थपेको थियो ।

प्रतिक्रिया