नर्थ क्यरोलिनामा दशैँ शुभकामना साँझ सम्पन्न

इनेप्लिज २०७३ असोज २३ गते २३:५८ मा प्रकाशित

img_3656-copy

अमेरिकाको नर्थ क्यारोलिनाको हाईपइन्ट स्थित ट्राइऐड नेपलिज कम्युनिटी सेन्टरको आयोजनामा दशै शुभ कामना साझ २०७३ कार्यक्रम सम्पन्न भयो । अमेरिकामा जन्मेका तथा हुर्केका स्थानिय नेपाली पाठशालामा अध्ययनरत बाल बालिकाहरुले नेपाली राष्ट्रिय गान बाट गाए पछि कार्यक्रम सुरु भएको थियो

उक्त कार्यक्रममा शुभकामना मन्तब्य , नेपाली गीत संगीतका साथै बाल्टिमोरमा लामो समय देखि बस्दै आएका कलाकार रतन सुबेदीबाट मनोरन्जन प्रस्तुत गरिएको थियो । आयोजक संस्थाका महासचिब डा समिर गुरागाईले स्वागत गरेका थिए भने कार्यक्रममा एनएससीआई अन्तर्राष्ट्रियका सचिब बिनय अर्यालले शुभकामना मन्तब्य दिएका थिए l

संस्थाका पूर्व सभापति तथा निर्माण समितिका संयोजक बसन्त खड्काले सम्पूर्ण चन्दादाताहरुलाई धन्यवाद दिदै गत महिना सम्पन्न अन्मा नासाको सम्मेलनमा टिएनसीसी लाई ५ हजार डलर सहयोग गर्ने मदन राजभण्डारी तथा डा. धन राजभण्डारीलाई बिशेष धन्यवाद दिएका थिए l

संस्थाका सभापति नारायण खड्काले सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि समुदायबाट सहयोगको अपेक्षा गर्दै दशैको शुभकामना दिएका थिए l स्थानिय कलाकारहरु सुमन भट्टराई , न्यायीका खड्का ,जेसिका कोइराला ,बिदिशा रानभाट ,बिष्णु माया ,रोशन श्रेष्ठ ,क्रिस्टिना दवाडी ,बिशाल भारती ,समिरा कोइराला ,निलम जोशी ,नगेन्द्र सोताङ् लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए l

यसै गरि कार्यक्रममा गजल कार बसन्त खड्काको गजलहरुको बिशेष प्रस्तुती रहेको थियो । कलाकार रतन सुबेदिको हास्य व्यंग्य (प्यारोडी)गीतहरुमा दर्शक हरुले भरपुर आनन्द प्राप्त गरेका थिए । कार्यक्रम सन्चालन दिपक राना भाट र निलम जोशी भारतीले गरेका थिए । नेपाली समुदायबाट नै तयार पारीएको खसीको मासु र नेपाली खाना खुवाईएको थियो भने डिजे पनि प्रस्तुति राखिएको थियो l

north-1 north-5-copy

प्रतिक्रिया