गायीका रेग्मीको मनको मान्छे को चै होला? (भिडियो हेर्नुहोस्)

इनेप्लिज २०७३ असोज २३ गते १०:५३ मा प्रकाशित

singer-denny

नेपाली  साङ्गितिक छेत्रमा उदाउदै गरेकी गायीका डेनी रेग्मीको एक पछी अर्को गर्दै नया गीतको भिडीयो सार्बजनिक हुनथालेका छन्। हल्सालै गायीका रेग्मीले आफ्नो सार्बजनिक हुन लागेको पहिलो एल्बम् “आशिष” को तेस्रो म्युजिक भिडीयो”को होला-कस्तो होला” बोलको गीत सार्बजनिक गरेकी छिन्। रेग्मीको आफ्नै स्वर र शब्दमा अनि सङीतकार बिपिनआचार्यको सङीतमा यो गीत तयार भएको हो। अरु थुप्रै गीतकारको शब्दमा गीत गाएकी गायीका रेग्मीको यो गीत भने आफ्नैशब्दमा तयार भएको पहिलो गीत हो। यो गीतबाट उनी गीतकारको रुपमा पनि उदाएकी छिन्।

artist-santosh-and-khusbu

चितवनको बिभिन्न रमणीय ठाउमा शुटिङ् भएको यो गीतको छायान्कान् अनि निर्देशन रबिन्द्र बरालले गरेका हुन् भने यसभिडीयोको सम्पादन प्रदिप दाहालले गरेका हुन्। धेरै गायक-गायीका तथा निर्देशकको नजरमा पर्ने ठाउ चितवनमा आफ्नो गीतको पनि सुटिङ् गर्न पाउदा गायीका रेग्मी पनि धेरै खुसी छिन्। ‘आफ्नै घर्-गाउमा गीतको शुटिङ् गर्न पाउदा को खुशी नहोला, मैले नै निर्देशक रबिन्द्र दाईलाई यो ठाउमा शुट गरौ भनेकी हु, उहाले नि सहजै मान्नु भयो’ गायीका रेग्मी भन्छिन्। यो शुटिङ्को श्रेय पत्रकार बिमल खतिवडा र राजेश घिमिरेलाई पनि दिन चाहन्छु, किनभने उहाहरुले नै हाम्रो टीमलाई चितवनका मनोरम ठाउ देखाइदिनु भएको थियो।

अरु गीत भन्दा अलि पृथक अनि लोक-पप शैलीमा तयार भएको यो गीत राम्रो बनेको र दर्शक-श्रोताले यसलाई मनपराइदिनेमा उनि ढुक्क छिन्। मेहेनत गरेकी छु, हेरौ कस्तो प्रतिकृया आउछ, रेग्मी भन्छिन्। तिहार लगत्तै आफ्नो एकल गिति एल्बम् “आशिष” को रिलिजको तयरीमा रहेकी रेग्मी, यस गीतले आफ्नो छुटै पहिचान बनाउनेमा उनि बिस्वास्त छिन्।

प्रतिक्रिया