देश को झन्डामा मात्र यो ज्यान मर्न सक्छ “

इनेप्लिज २०७३ असोज २३ गते १०:४३ मा प्रकाशित

ujjwal-5-800x600

न त् मलाई  कसैले तल्काउन सक्छ
न त् मलाई कसैले सल्काउन सक्छ
यो देश को लागि मर्ने खेलाडी  हो
मलाई देश को झन्डाले मात्र फकाउन  सक्छ
मलाई देश को झन्डाले मात्र फकाउन  सक्छ
***************************
न हिरा ले आँखा चम्काउन सक्छ
न सुनले  शरीर झल्काउन सक्छ
देश को झन्डा बोक्ने खेलाडी हो म
पदक ले मात्र पल्काउन सक्छ
पदक ले मात्र पल्काउन सक्छ
*****************************
साथी बन  तेरो लागि रगत बगाउन सक्छ
धोखा दिस भने तेरो रगत पिउन सक्छ
राजनीति गरेर उचाल्लने पछादने नगर
राजनीति खेलेरै  जन्मेको खेलाडी हुन सक्छ
पार्टीको झन्डामा  हैन, देश को झण्डामा मात्र  यो ज्यान मर्न सक्छ
पार्टीको झन्डामा  हैन, देश को झण्डामा मात्र  यो ज्यान मर्न सक्छ

प्रतिक्रिया