काठमाडौं : बिदेशिन बाध्य परदेशीहरुको कथा ब्याथालाइ चलचित्र मार्फत दुरुस्त पर्दामा उतार्न सफल नेपाली चलचित्र परदेशीको उमंगको पश्चिम घुम्तीमा नामक गित आज सार्बजानिक भएको छ l यहि आउदो कार्तिक १२ गते बाट नेपाल भर प्रदर्शनको तयारिमा रहेको उक्त चलचित्रको ७५% छायांकन दुबईमा गरिएको चलचित्रको बाकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा गरिएको छ l धेरै चलचित्रमा कोरियोग्राफर र मुख्य सहायक निर्देशक भएर काम गरेका शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन, चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा समेटेको छ ।
बहु प्रतिक्षित चलचित्र उमंगमा बिनिता बराल, कुमार बि . सी, सि .पि .पौडेल ,राम बाबू रेग्मी, शिला श्रेष्ठ,रुपेश सुवेदी, राम थापा, उमेश कुमार के .सी , लगायतको अभिनय रहेको छ ।बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा संगीत अर्जुन पोख्रेल र बि. बि . अनुरागी , द्वन्द कुमार महर्जन , सम्पादन अर्जुन जि. शि.तथा VFX अक्कि शर्मा को रहेको छ । रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार कुमार बि .सी हुन, आफू बिदेशमा बसेर बिदेशको दुख कष्ट भोगेको र सोही बिषय बस्तुलाइ चलचित्रको कथा बनाएका कुमार बि.सी. नै चलचित्रका निर्माता हुन । चलचित्र नामनै उमंग रहेको हुदा नेपाली हरुको महान चाड तिहारको मौका पारेर कार्तिक १२ गते अधिराज्यभर प्रदर्शन हुँदै छ ।चलचित्र उमंगको पश्चिम घुम्तीमा गित भिडियो हेर्नुहोस ।
प्रतिक्रिया